Logo
२९ मंसिर २०८१, शनिबार
(February 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

NIC एशिया बैंक : ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै डिजिटल वैंकिङ्ग प्रबिधि संञ्चालन

काठमाडौं : NIC एशिया बैंकले ‘स्मार्ट टेलर’ संचालनमा ल्याएको छ । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै डिजिटल वैंकिङ्ग प्रबिधिमा आएको विकासलाई नयाँ उचाइ दिन बैंकले आफ्नो सम्पुर्ण शाखा कार्यालयहरुमा रहेका टेलरलाई आधुनिकिकरण गरि ‘स्मार्ट टेलर’ संञ्चालनमा ल्याएको जनाएको छ ।

यस ‘स्मार्ट टेलर’ मार्फत बैंकका ग्राहकहरूले चेक विना नै आफ्नो मोवाईल बैंकिङ्ग तथा डेविट कार्ड प्रयोग गरि काउन्टरबाट रकम झिक्न सक्नेछन् । यस कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने बिश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति: Feb 27, 2019

प्रतिक्रिया दिनुहोस्