भारतीय वायुसेनाको लडाकु विमान जम्मू-कश्मीरमा दुर्घटना, दुई पाइलटको मृत्यु
जम्मू : कश्मीरको बडगाममा भारतीय एयरफोर्सको लडाकु विमान दुर्घटनामा परेको छ ।
एयरफोर्सको मिग-२७ लडाकु विमान दुर्घटना हुँदा विमानका २ जना पाइलटको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएको छ । श्रीनगर एयरबेसबाट उडान भरेको विमान जम्मू कश्मीरको बडगामदेखि सात किलोमिटर टाढा गारेंद गाउँमा दुर्घटना भएको हो ।
विमान खाली खेतमा गएर खस्दा आगलागी हुन पुगेको बताइएको छ । जम्मू कश्मीरमा गस्तीमा रहेको सेनाको विमान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको कारण खुल्न नसकेको र छानविन भइरहेको जनाइएको छ ।