Logo
२३ मंसिर २०८१, आईतबार
(February 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको जवाफी ‘बालाकोट आक्रमणमा’ जैश-ए-मोहम्मदका वरिष्ठ कमाण्डर मारिएको दाबी (भिडियो)

काठमाडौं : पाकिस्तानी सीमाको नियन्त्रण रेखा पार गर्दै आतंकवादी संगठन जैश–ए–मोहम्मदको अखडामा आक्रमण गरेको भारतले स्वीकार गरेको छ ।

मंगलबार भारतीय विदेश मन्त्रालयका सचिव विजय गोखले वायुसेनाले जैशको सबैभन्दा ठूलो तालिम केन्द्रलाई निशाना बनाएर आक्रमण गरेको बताएका छन् ।

उनले भने, ‘विश्वसनीय सूचना थियो कि जैश–ए–मोहम्मद देशको दोस्रो ठाउँमा आत्मघाती आक्रमणको तयारी गरिरहेका थिए । सम्भावित आक्रमणलाई रोक्न जवाफी कारबाही जरुरी थियो ।’

कारबाहीमा जैशका चरमपन्थी, प्रशिक्षक र वरिष्ठ कमाण्डर मारिएको उनले दाबी गरेका छन् । मंगलबार विहान पाकिस्तानी सेनाले भारत-पाकिस्तान नियन्त्रण रेखा (एलओसी) उल्लंघन गरेर भारतीय वायुसेनाले घुसपैठ गर्न खोजेको बताएको थियो ।

जवाफमा तुरुन्त कारवाही गरेपछि भाग्ने क्रममा केही बम खसालेको तर, कुनै मानवीय क्षति नभएको पाकिस्तानी सेनाले दाबी गरेको थियो । लगत्तै भारतीय वायुसेनाका अधिकारीहरुले बालाकोटमा आक्रमण गरेको स्वीकार गरेका थिए ।

प्रकाशित मिति: Feb 26, 2019

प्रतिक्रिया दिनुहोस्