Logo
२९ मंसिर २०८१, शनिबार
(February 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवालाई कोइरालाको जवाफ : ‘मलाई गाली गर्दा पार्टीलाई फाइदा भए, जती गाली गरे नि हुन्छ’

मोरङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई जवाफ दिएका छन् । ‘“मलाई गाली गरेर पार्टीलाई फाइदा पुग्छ भने, पटक पटक गाली गरे हुन्छ जती गाली गरे पनि हुन्छ,” सोमवार प्रदेश १ स्थित राजधानी बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने-“म मेरो र कोइरालापरिवारबाट पाएको राजनीति संस्करबाट अलग हुन सक्दिन, त्यो संस्कारलाई बरकरार राख्छु। उहाँको राजनीति संस्कार अरु नै हुनसक्छ। त्यसमा मेरो भन्नु केही छैन।”

कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङद्धारा आयोजित पत्रकार सम्मेलनका क्रममा नेता कोइराला पार्टी सभापति देउवालाई जवाफ दिएका दिएका हुन् । देउवाको वाक्य आक्रमणलाई कसरी लिनु भएको छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता कोइरालाले “सभापतिको राजनीतिक संस्कार कस्तो रहेछ त्यसैबाट देखिरहेको छ नि? यो विषयमा धेरै भनिरहनुपर्छ भन्ने मलाई लाग्दैन।”

पछिल्लोसमय १४ औँ महाधिवेशन पूर्व सभापति देउवाले कार्यकाल लम्बाउन सकिने विषयमा दिँदै आएको अभिव्यक्तिप्रति आक्रोशित बनेका कोइरालाले कांग्रेसलाई थप जर्जर बनाउने तर्फ सभापतिजी इंगित हुदै गएको आरोप लगाए। अबको अढाई वर्षपछि महाधिवेशनमा जाने उहाँको भनाइले त्यसपछि हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसको अवस्था थप विकराल बन्ने उनको भनाई छ।

विधान र राजनीति प्रस्तावको विषयमा पार्टी नेतृत्वले गलत गरेकोमा आफूहरु जनताको घरघरमा पुग्ने बताएका कोइरालाले यो एजेण्डा अब १४ औँ महाधिवेशनसम्म यथावत रहने स्पस्ट पारे। बहुमतको आधारमा विधान पास गर्न भन्दापनि अझै छलफल गरि अघि बढ्न सकिने बताएका नेता कोइरालाले पार्टी प्रमुखहरुले महासमिति सदस्यहरुको भावनामा तुषारोपात गरेको आरोप लगाए।

“महासमिति सदस्यहरुले तल्लोतहबाट लडेर आउनुपर्ने भनाइ राखिरहदाँ पंक्ति किन संकुचित हुदै गएको हो। यसरी त तल्लो तहका नयाँ उर्जावान ब्यक्तित्व सधै ओझेलमा पर्नेछन्। जुन कुरामा वीपी कोइरालाको समेत असहमति थियो”, उनले भने।

महासमिति सदस्यहरुले भनेको कुरा आत्मसात गर्नुपर्नेमा जोड दिएका नेता कोइरालाले लोकतान्त्रिक प्रक्रियाबाट अघि बढ्नुपर्नेमा सभापति र वरिष्ठ नेता दुवैले फरक धारणा राखे यद्यपि यसअघि महासमितिमा दुवैले सदस्यको धारणा परिमार्जित गर्दै अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेको बताए। बहुमत र अल्पमतका हिसाबले निर्णय भएकोमा उनले भने, “काठमाडौंमा भएको अवस्थामा मैपनि नोट अफ डिसेन्ट लेख्थे।”

नेपाली कांग्रेस कमजोर हुदाँ मुलुक कमजोर हुँदै गएको बताएका नेता कोइरालाले भने, “वर्तमान सरकार विभिन्न क्षेत्रमा असफल भएको छ। चाहे त्यो आर्थिक, न्यायिक, परराष्ट्र तथा सुरक्षा सबैतर्फ सरकार कमजोर हुदै गएको छ।” सरकार गठन भएदेखि निरन्तर आर्थिक क्षेत्रको अवस्था खस्कदै गएको बताएका नेता कोइरालाले पछिल्लोसमय ब्यापार घाटा चुलिएर करिब ७ अरब रुपैयाँ पुगेको बताए। त्यसैगरि न्यायिक क्षेत्र, समाजिक सञ्जालमा समेत सरकार संकुचित र वाक स्वतन्त्रताप्रति उदासिन हुदै गएको उनले दाबी गरे।

प्रकाशित मिति: Feb 25, 2019

प्रतिक्रिया दिनुहोस्