Logo
६ बैशाख २०८१, बिहीबार
(February 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल एयरलाइन्समा १६५ जनालाई जागिरको अवसर (हेर्नुस् विज्ञापन)

काठमाडौं : नेपाल एयरलाइन्सले विभिन्न पदमा १६५ जनाको लागि विज्ञापन प्रशान गरेको छ। रिक्त रहेका पदमा पूर्तिका लागि खुल्ला देखि आरक्षणसम्मका कोटामा एयरलाइन्सले विज्ञापन निकालेको हो। एयरलाइन्सले प्राविधिकदेखि प्रशासनसम्मका पदमा विज्ञापन माग गरेको हो।

एयरलाइन्सले आज प्रकाशित गरेको विज्ञापनअनुसार सबैभन्दा बढी प्रशासन समूहमा माग गरेको छ। उसले प्रशासनमा ५२ जना माग गरेको छ। त्यस्तै पाइलटतर्फ सिनियर क्याप्टेन १३ जना, जुनियर क्याप्टेन १५ जना माग गरेको छ।

त्यस्तै इन्जिनियर, सिनियर को पाइलट, जुनियर कोपाइलटको माग गरेको छ। एयरलाइन्सले ट्वीनटर, वाइ १२ र एमए ६० का लागि सिनियर क्याप्टेन माग गरेको छ भने जुनियर क्याप्टेन पनि सोही सिरिजका जहाजका लागि माग गरेको हो।

लमाे समयदेखि पाइलट अभावमा नियमित जहाज उडान नसकिरहेकाे सरकारी स्वामित्वकाे एयरलाइन्सले पाइलटकाे माग गर्दै विज्ञापन आव्हान गरेको छ। यसअघि विज्ञापन निकाल्दा एयरलाइन्सले पाइलटमा पर्याप्त आवेदन नै पाएको थिएन।

 

प्रकाशित मिति: Feb 22, 2019

प्रतिक्रिया दिनुहोस्