Logo
१३ बैशाख २०८१, बिहीबार
(February 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र ‘साइँली’को दोस्रो गीत सार्वजनिक

काठमाडौं : चलचित्र ‘साइँली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बुधबार चलचित्रको ‘प्याट प्याटे…’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा सुशान्त गौतमको संगीत, हर्क साउँदको शब्द तथा संगीतकार गौतमको स्वर छ ।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान लगायत कलाकार फिचर्ड छन् । बैदेशीक रोजगारीको कथामा निर्माण भएको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । गायक हेमन्त राना र गौरव पहारीले निर्माण गरेका हुन् । चलसचत्रमा माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की लगायत कलाकार पनि मुख्य भुमिकामा छन् ।

चलचित्रमा कालीप्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । चलचित्र चैत १५ गतेबाट प्रदर्शन हुनेछ ।

प्रकाशित मिति: Feb 20, 2019

प्रतिक्रिया दिनुहोस्