Logo
११ बैशाख २०८१, मंगलबार
(February 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री वर्षा र अभिनेता संजोगको ‘अफिसियल्ली इन्गेज्ड’

सोमबार राजधानीको एक पार्टी प्यालेसमा अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले इन्गेज्मेन्ट गरेका छन् ।

‘भ्यालेन्टाइन डे’ अर्थात २ फागुन विवाहको मिति जुराएका यी प्रेम जोडीले सोमबार इन्गेज्मेन्ट गरेका हुन् । इन्गेज्मेन्टमा वर्षा र संजोगका परिवारका केही सदश्य मात्र सहभागी थिए ।

इन्गेज्मेन्टको जानकारी दुबैले सामाजिक सञ्जाल मार्फत तस्बिर शेयर गर्दै गराएका हुन् । लामो समयदेखि प्रेममा रहेका जोडी अहिले विवाह तयारीमा छन् ।

विवाह मिति ‘भ्यालेन्टाइन डे’ भएपनि स्थान भने अहिले सार्वजनिक गरिएको छैन । वर्षा पछिल्लो समयकी चलेकी अभिनेत्री हुन् । उनका लगातार चलचित्र आइरहेका छन्, भने संजोगले पनि केही चलचित्र अभिनय गरेका छन् ।

प्रकाशित मिति: Feb 12, 2019

प्रतिक्रिया दिनुहोस्