Logo
१५ चैत्र २०८०, बिहीबार
(February 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिशृंखला ‘डियर जिन्दगी’को १९ औ भाग सार्वजनिक

 काठमाडौं : नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिशृंखला ‘डियर जिन्दगी’को १९ औ भाग सार्वजनिक गरिएको छ ।

पारिवारिक कथा व्यथा समेटेको यस टेलिशृंखला हरेक बुधबार साँझ ७:०० मा नेपाल टेलिभिजनमार्फत प्रसारण भईरहेको छ, भने Web Hd Television युब ट्युब च्यानलमार्फत प्रसारण पछि हेर्न सकिनेछ । उक्त सिरियलमा जनकदीप पराजुलीको निर्देशन रहेको छ ।

कि इन्टरटेन्मेन्टको प्रस्तुति र WEB HD Television को सहकार्यमा निर्माण भईरहेको सिरियलमा बसन्त पोख्रेल को लेखन र श्रृंखला निर्देशन रहेको छ । सुनील थापालाई फिचर्ड गरिएको सिरियलमा श्रेया कार्की, सुष्मा कार्की, सुवास पराजुली, अर्जुन गौतम, वसन्त पोख्रेल ,अन्जु निरौला , सुनिल बस्नेत, सौगात बस्नेत, संजय खतिवडा, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

हेर्नुस् भिडियो :-

प्रकाशित मिति: Feb 7, 2019

प्रतिक्रिया दिनुहोस्