ज्यानलाई जोखिममा राखेर गर्भपतन गराउने महिलाको संख्या बढ्दै
जुम्ला : सम्वन्धित महिलाको मन्जुरीबिना वा अन्य कुनै कारणवाट गर्भ रहन गएमा १२ हप्ता सम्मको गर्भ स्वेच्छिक गर्भपतन गराउन सक्ने अधिकार २०६० को स्वास्थ्य नीतिले सम्वन्धित महिलालाई दिएको छ ।
पछिल्लो समयमा मेडिकलमा गएर एर्भसन गराउने महिलाको संख्या भने बढदै गएको चिकित्सकले बताएका छन्। चिकित्सकको परामर्शमा ९ हप्ता सम्मको गर्भ पतन गराउँदा औषधिको माध्यमवाट गराउन सक्ने कानुनी व्यवस्था रहेको छ ।
प्रजनन् स्वास्थ्य ऐन २०७४ प्रस्तावित नाम रहेको उक्त विधेयकमा प्रजनन् अवस्था, सुरक्षित मातृत्व तथा नवजात शिशु स्याहारसम्वन्धी व्यवस्था, प्रसूति सेवा व्यवस्था, सुरक्षित गर्भपतन सेवा, प्रजनन् स्वास्थ्य अधिकार, प्रजनन् स्वास्थ्य अधिकारलगायत प्रजनन् स्वास्थ्य सम्वन्धित सम्पूर्ण विषयको बारेमा स्पष्ट लेखिएको छ ।
कानुनी रुपमा १२ सातासम्मको गर्भपतन गर्न पाउने व्यवस्था भएपनि जुम्लामा असुरक्षित गर्भपतन गराउनेको संख्या दिनानुदिन बढ्दै गएको छ । नेपालको वर्तमान कानुन तथा ऐनले तीनमहिना अर्थात् १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गरेपछि जुम्लामा आफ्नो ज्यानलाई जोखिममा राखेर गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको हो ।
गर्भपतन गर्दा हुने असरको जानकारी हुँदा पनि जुम्लामा गर्भपतन गराउनेको संख्या बढ्नुमा अशिक्षा, अवैध यौन सम्पर्क र पुरुष शिक्षित हुँदा पनि महिलालाई दबाब दिएर गर्भपतन गराउने समेत गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकी अनमी कमला बुढाले बताइन् ।