Logo
२४ मंसिर २०८१, सोमबार
(January 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुखुराको दानाको मूल्य अहिलेसम्मकै उच्च, आइतबारदेखि लागू हुने नयाँ मुल्य

चितवन : कुखुराको दानाको मूल्य अहिलेसम्मकै उच्च वृद्धि भएको छ । दानाको मूल्य प्रतिबोरा १५० रुपैयाँ बढेको दाना उद्योग संघले जनाएको छ । दाना उद्योगीहरुको भेलाले दानाको मूल्य आइतबारदेखि लागू हुने गरी बढाएको संघका केन्द्रीय अध्यक्ष रवीन पुरीले जानकारी दिए ।

अध्यक्ष पुरीका अनुसार पछिल्लो तीन महिनामा ३ पटक गरी प्रतिबोरा ३५० रुपैयाँले वृद्धि भएको छ । दानाको मूल्य मंसिरमा ७५, पुसमा १२५ र माघमा प्रतिबोरा १५० रुपैयाँ बढाइएको छ। दाना बनाउन प्रयोग हुने कच्चा पदार्थ मकै र भटमासको पिनाको मूल्य बढेकाले दानाको मूल्य पनि बढाइएको उद्योगीको भनाइ छ ।

पछिल्लो पटक मकैको मूल्य प्रतिकेजी १४ र भटमास १० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै दाना प्रतिवोरा ३ हजार १२५ रुपैयाँ पुगेको छ । दानाका लागि सबैभन्दा धेरै प्रयोग हुने मकै र भटमासको पिना कम्तीमा ८० प्रतिशत भारतबाट आयत हुने गरेको तिलचन्द्र भट्टराईले बताए ।

भट्टराईका अनुसार भारतमा मकै भटमासको उत्पादन कम हनु र नेपालमा पर्याप्त उत्पादन नहुँदा दानाको कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भएको हो । दाना उद्योग संघका अनुसार भारतबाट वार्षिक २५ अर्ब रुपैयाँ बराबरको मकै, भटमास आयात हुने गरेको छ । नेपालमा ठूला र साना गरी देशैभर १२० वटा दाना उद्योग छन् । जसमध्ये चितवनमा मात्रै २२ वटा छ ।

प्रकाशित मिति: Jan 30, 2019

प्रतिक्रिया दिनुहोस्