Logo
२३ मंसिर २०८१, आईतबार
(January 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगरमा “स्कुल भ्यान” पल्टिँदा ६ विद्यार्थी घाइते, २ को अवस्था गम्भीर

विराटनगर : विराटनगर-१५ मा रहेको श्रीराम बोर्डिङ स्कुलको म्याजिक भेन बिहीबार बिहान पल्टिँदा त्यसमा सवार ६ जना विद्यार्थी घाइते भएका छन् । ६ जनामध्ये २ जनाको अवस्था गम्भीर छ। घाइते सबै विद्यार्थीको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बिहान ९:५५ बजे बस दुर्घटना भएको उक्त स्कुलका अभिभावक विकास थापाले जानकारी दिए । ठेकेदारले बाटो बनाउने क्रममा थुपारिएको माटोमा भेनको चक्का चिप्लिएको र दुर्घटना भएको उनको भनाइ छ ।

दुर्घटनामा परी घाइते हुने विद्यार्थीहरुमा विराटनगर १७ का ७ वर्षीय कुनाल साह, ८ वर्षीय कृष्ण राजवंशी, ६ वर्षीय आयुष यादव, ११ वर्षीय व्यूटी साह, १५ वर्षीय मझार अन्सारी र १० वर्षीय दिलनवाज अन्सारी रहेका छन् ।

स्थानीयले भने सडक निर्माणका क्रममा जथाभावि खनिएको र माटो थुपार्ने, खाल्डो पार्ने छोड्ने गरेको हुँदा दुर्घटना भएको भन्दै नगरपालिका विरुद्ध आक्रोश पोखेका छन् ।

प्रकाशित मिति: Jan 24, 2019

प्रतिक्रिया दिनुहोस्