Logo
७ बैशाख २०८१, शुक्रबार
(January 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अतित र सायाको ‘हेरन बाँझो मनभरी’ सार्बजनिक (भिडियो)

काठमाडौँ : चलचित्र ‘समर लभ’ को प्रदर्शनमिति नजिकिंदै गर्दा निर्माण टिम कलााकरको साथ लिएर प्रचार प्रसारलाई ब्यापक बनाउँदै छ । पश्चिम नेपालदेखि मोफसल यात्रा सुरु गरेको ‘समर लभ’ टिम पुर्बी नेपालसम्म पुगेको छ ।

टिमले यतिबेला मोफसलका स्थानिय दर्शकसँग सिधा साक्षात, मिडिया भेटघाट तथा युवापुस्ता लक्षित गर्दै कलेज क्याम्पियन तिब्र बनाईरहेको छ । पश्चिम नेपालको नेपालगञ्जबाट मोफसल यात्रा सुरु गरेर दाङको तुलसिपुर र घोराही, बुटवल, चितवन, हेटौँडा, धरान, इटहरी, दमक, बिर्तामोडसम्म ‘समर लभ’ टिम पुग्यो । लिड कलाकार आशिष पिया र रेवती क्षेत्री सहितको टिम मंगलबार पोखरा केन्द्रित प्रचारको लागी पोखरा पुग्दैछ ।

माघ २५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्रमा समावेश ‘हेरन बाँझो मनभरी’ बोलको गीतको डेढ मिनेट लामो जिङ्गल सार्वजनिक गरिएको छ । पुष्पन प्रधानको संगीत तथा सुमित विश्वकर्माको स्वर रहेको सार्वजनिक सांगितिक सामग्रीमा आशिष र रेवतीका रोमाञ्चक पलहरु समावेश छन् ।

मुस्कान ढकाल निर्देशित चलचित्रलाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहँदा एकराज तामाङ लाईन प्रोड्यूसरमा छन् भने सोपन सरकार र मनोज बिक सह- निर्माता हुन् ।

प्रकाशित मिति: Jan 22, 2019

प्रतिक्रिया दिनुहोस्