Logo
६ बैशाख २०८१, बिहीबार
(January 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवराज लम्सालको भुटानी शरणार्थी को प्रेम कहानीमा आधारित ‘रातो गलबन्दी’ चलचित्र निर्माण हुँदै

उर्लाबारी : मनिष्मा फिल्मस् प्रा. ली. को व्यानरमा नेपाली कथानाक चलचित्र रातो गलवन्दी निर्माण गरिने भएको छ । शनिबार निर्माण पक्षले उर्लाबारीमा पत्रकार सम्मेलन आयोजना गर्दै चलचित्र रातो गलवन्दीू बारे जानकारी गराएको हो ।

करिव ९० लाखको लागतमा निर्माण हुन लागेको सो चलचित्रको छायांकन पूर्वको रमणीय स्थलहरूमा हुने निर्माता नवराज लम्सालले जानकारी गराएका छन । निर्माता लम्साल को भनाइ अनुसार रातो भनेको क्रान्ति र गलबन्दी भनेको चिसोबाट जोगाउने पहिरन भएकोले चलचित्र को कथा क्रान्तिकारी भुटानी शरणार्थी को प्रेम कहानीमा आधारित चलचित्र निर्माण गर्न लागेको बताए ।

सिम्वोलिक श्रीर्षक रातो गलवन्दी राखिएको कुरा उक्त पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । यस चलचित्र निर्माताहरूमा नवराज लम्सालको अलवा हिमाल कडेरीया र दुर्गा बस्नेत समेत रहेका छन । निर्माता लम्सालको अनुसार चलचित्र छाँयाङ्कन मोरङ्गको पथरीस्थित शरणार्थी शिविर बाट सुरू गरिने भएको छ । सुटिङ ३ महिनामा सकिने कुरा पत्रकार सम्मेलनमा बताईएको थियो ।

यस चलचित्र मा चर्चित नायिका केकी अधिकारी, बुद्धि तामाङ, कोशिष क्षेत्री, सेन्जल पौडेल, हेमन्त बुढाथोकी, अर्जुन गुरूङ, यज्ञ बहादुर कटुवालू चुप्पी डनू लगायतको मुख्य अभिनय रहने छ । प्रेमकथामा आधारित कथामा निर्माण गरिने उक्त फिल्म गाउँ-सहरको परिवेश उत्कृष्ट शैलीमा समेटिने निर्देशक अनिश थापाले बताए । हिमाल कडेरीयाको कथामा निर्माण हुन लागेको उक्त फिल्मलाई सुमन योन्जनले छायांकन गर्दैछन ।

प्रकाशित मिति: Jan 21, 2019

प्रतिक्रिया दिनुहोस्