Logo
१५ चैत्र २०८०, बिहीबार
(January 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सूर्य दयालुको ‘दुई किनर’ सार्वजनिक (हेर्नुस् भिडियो)

काठमाडौं : विगत लामो समयदेखि नेपाली गीत सङ्गीतमा क्रियाशिल गायक तथा सङ्गीतकार सूर्य दयालुको ‘दुई किनर’ सार्वजनिक भएको छ । दयालुको स्वर र सङ्गीतमा रहेको यो गीत मंगलवार सार्वजनिक भएको हो । बासु बराइलीले लेखेको यो गीतलाई गणेश चौधरी एरेन्ज गरेका हुन् । रमणीय दृश्य कैद गरिएको गीतको भिडियोमा सारा श्रेष्ठ, र जीवन भट्टराई लाई फिचरिङ् गरिएको छ ।

जीवन शाहीको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले छायाँकन, निशान घिमिरेले सम्पादन गरेका हुन् । लामो समयदेखि यो क्षेत्रमा रहेका दयालुको कर्णप्रिय स्वर सुन्न सकिन्छ यो गीतमा । गीतको भिडियोमा रहेकी मोडल साराले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।

नेपाल बाहिर रहेर मोडलिङ गरिरहेकी उनको अभिनय शसक्त देखिएको छ यो गीतको भिडियोमा पनि । उनको र जीवनको अन स्क्रिन रोमान्सले भिडियो उत्कृष्ट बनेको देखिन्छ । २०५४ सालमा रेडियो नेपालमा स्वर परिक्षा पास गरेर यो क्षेत्रमा आधिकारिक रुपमा आफूलाई होमेका गायक तथा सङ्गीतकार सूर्य दयालुले थुप्रै आधुनिक गीत मार्फत स्रोता/दर्शकको मन जित्न सफल भएका छन् ।

‘दुई किनार’ गीत निक्कै राम्रो बनेको छ र भिडियो पनि त्यतिकै राम्रो छ, योे भिडियोलाई दर्शक/स्रोताले मनपराई दिनु हुनेछ भन्ने विश्वास लिएको छु’, दयालुले भने । तीन सय भन्दा बढी गीतमा स्वर तथा सङ्गीत दिएका सूर्यले थुप्रै चलचित्रका गीतमा पनि सङ्गीत दिएका छन् । नेपाली बाहेक भोजपुरी, मैथली भाषाका गीतमा उनको सङ्गीत सुन्न सकिन्छ ।

प्रकाशित मिति: Jan 15, 2019

प्रतिक्रिया दिनुहोस्