Logo
१९ मंसिर २०८१, बुधबार
(January 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरबारमा थुप्रिएको पुराना सवारी साधनहरुलाई मर्मत गरेर सुरक्षाकर्मीले सञ्चालनमा ल्याउने

काठमाडौँ : पुसको बिहानी चिसोको कुनैपर्वाह नगरी मुलुकको प्रमुख प्रशासनिक स्थल सिंहदरबारमा कर्मचारी र सुरक्षाकर्मी सिंहदरबार सफाइमा जुटेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा भएको सफाइमा अधिकांश मन्त्रालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत बिहानैदेखि जुटेका थिए ।

प्रमुख प्रशासनिक स्थल क्षेत्रमा यत्रतत्र थुपारिएका निर्माण सामग्री, पुराना सवारी उठाई व्यवस्थित गरिएको कार्यालयका प्रशासन शाखा प्रमुख उपसचिव विष्णु घिमिरेले जानकारी दिए ।

विभिन्न मन्त्रालय अघि थुपारिएका पुराना सवारीलाई गृहमन्त्रालय पछिको भागमा व्यवस्थित तरिकाले राखिएको छ । पुराना सवारीमध्ये मर्मत गरेर सञ्चालनमा आउन सक्नेलाई उपयोगमा ल्याइने कार्यालयले जनाएको छ ।

आज १०० भन्दा बढी सवारी साधनलाई व्यवस्थित गरिएको शाखा अधिकृत सुरज पोखरेलले बताए ।

प्रकाशित मिति: Jan 12, 2019

प्रतिक्रिया दिनुहोस्