एकतालाई बलियो बनाउन नेकपामा सकस, तल्लोतहमा संगठन अझैं बनेनन्
काठमाडौँ : पार्टी एकता भएको झन्डै आठ महिना बितिसक्दा पनि नेकपाले आफ्नो एकतालाई बलियो पार्न सकेको छैन ।
नेकपा तल्लो तहसम्म पूर्ण रुपमा सांगठनिक आकारमा तयारै नहुँदा उसको धरातलनै अलमलमा परेको छ ।
झन्डै १५ दिन लामो स्थायी समिति बैठक भर्खरै सकिएपनि पार्टीभित्र अन्तरविरोध कायमै देखिन्छ ।
बैठकमा पार्टीको संगठन आकार तयार गर्नेभन्दा नेताका कार्यशैली र सरकारको कामकारबाहीबारे बढी बहस र विवाद हुँदा संगठनलाई पूर्णता दिन अन्योलता छ ।
नेकपाका तल्लोतहसम्मका एकाई अझै बनेका छैनन् । पार्टी अध्यक्षद्धय केपी ओली, प्रचण्ड संगठनलाई बलियो बनाउन भन्दा पनि अन्यन्त्रै व्यस्त देखिएका छन् ।
पार्टी भित्र रहेका शिर्ष नेताहरुको व्यवस्थापन समेत हुन सकेको छैन । संगठन कमजोर हुँदै जाने र पार्टीमा जिम्मेवारी नपाएपछि नेताहरु नेतृत्वकर्ताबाट रुष्ट छन् । यसले पार्टी कार्याकर्तामा चिन्ता पैदा गरेको देखिन्छ ।