Logo
२ श्रावण २०८२, बिहीबार
(January 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारी समायोजनमा उत्साह बढ्यो, ३२ हजार कर्मचारी सहभागी

काठमाडौं : कर्मचारी समायोजनमा उत्साहजनक सहभागित हुन थालेको छ ।

सरकार र कर्मचारी सम्बद्ध ट्रेड युनियनबीच सहमतिसँगै कर्मचारी भटाभट समायोजन प्रक्रियामा सहभागी हुन थालेका हुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन सफ्टवेयरमा हिजो सम्म देशभरका ३२ हजार कर्मचारी जोडिएको सहसचिव सुरेश अधिकारीले बताए । उनका अनुसार समायोजन प्रक्रियामा कर्मचारीको उत्साह बढ्न थालेको बताए ।

तीमध्ये १० हजारले समायोजन हुन चाहने तह उल्लेख गर्दै समायोजन फाराम नै भरिसकेको जानकारी प्रवक्ता अधिकारीले दिए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ गरी कुल एक लाख ३८ हजार १७८ कर्मचारीका लागि दरबन्दी तयार गरी समायोजनका लागि कर्मचारीहरूबाट आवेदन पनि आह्वान गरिसकेको छ ।

समायोजन फाराम भरेकामध्ये आधाभन्दा बढीले संघमैै समायोजन हुने चाहना व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।
सरकारले गत साता मात्रै तिनै तहको नयाँ संगठन संरचना र दरबन्दी स्वीकृत गरिसकेको छ ।

प्रकाशित मिति: Jan 5, 2019

प्रतिक्रिया दिनुहोस्