Logo
२७ असार २०८२, शुक्रबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मायादेवी मन्दिरमा प्रयोग भएका ढुङ्गा, इँटा फेला

कपिलवस्तु :  कपिलवस्तुको शिवराज नगरपालिका–३ मा रहेको ऐतिहासिक स्थल सोनवागढ क्षेत्रमा पहिलो चरणको उत्खननमा पुरातत्व विभागले गुप्तकालीन इँटा, माटोका भाँडाका टुक्रा, विभिन्न माटोका घोडा तथा मूर्तिहरु फेला पारेको छ।

मन्दिरको पाँच किलोमिटर वरपरसम्म विभिन्न पुरातात्विक वस्तु छरपस्ट अवस्थामा रहेकाले हाल मन्दिर छेउ २ वटा ‘ट्रेन्च’ बनाएर उत्खनन् गर्दा लुम्बिनीको मायादेवी मन्दिरको बाहिरी भागमा प्रयोग भएका ढुङ्गा तथा इँटाहरु फेला परेकाले सोनवागढ पनि तत्कालीन राजाका राजदरबार हुनसक्ने प्रदेश सांसद अर्जुन केसीले बताए।

उत्खनन्का क्रममा शिव मन्दिरमा बनाइने शिवको बहान बसाहा भेटिएको र अन्य स्थानमा पनि उत्खनन् गरेर सोनवागढको सम्बन्ध लुम्बिनीसँग भएको हुनसक्ने उल्लेख गर्दै उनले स्थानीय तहलगायत प्रदेश सरकारबाट आगामी वर्ष अन्य स्थानमा पनि उत्खनन्का लागि बजेट व्यवस्था गरेर यस सोनवागढ आसपासका सबै ठाउँमा उत्खनन् जारी राख्ने जानकारी दिए।

शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले सोनवागढ उत्खनन् गर्दा फेला परेका पुरातात्विक वस्तु यसै क्षेत्रमा सङ्ग्राहलय निर्माण गरेर प्रदर्शनीका लागि राख्न प्रयास गर्ने बताए।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्