Logo
४ श्रावण २०८२, शनिबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४९ हजार नर्स बेराेजगार : बिएससी नर्सिङ, अनमीहरुले अर्कै कार्य गर्दै

काठमाडाैं : देशमा नर्सहरूको बेरोजगारीले सीमा नाघेको छ। ६६ प्रतिशत नर्स बेरोजगार छन्। यो संख्या नर्सहरुको मात्र हो यसमा अनमी आदिहरुको संख्या समावेश छैन ।

नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन्।

काउन्सिलका अनुसार सात हजार नर्स रोजगारीको खोजीमा बिदेसिएका छन्। काउन्सिलमा दर्ता भएका पाँच हजार नर्सको मृत्यु भइसकेको छ।

४८ हजार आठ सय ६ नर्स देशभित्रै बेरोजगार छन्। स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य संस्थामा १२ हजार नर्स मात्रै कार्यरत छन् ।

निजी स्वास्थ्य संस्थामा करिब १३ हजार कार्यरत छन्। काउन्सिलका अनुसार बिएससी नर्सिङसम्म्ले अनमीको पदमा काम गर्दै आएका छन् । भने अनमी आदि शिक्षा हासिल गरेकाहरुले पनि अर्कै काम-कार्यमा सक्रिय रहेका छन्।

परिवार कल्याण महाशाखा नर्सिङ शाखाकी कम्युनिटी नर्सिङ प्रशासक कविता अर्याल निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सको यकिन तथ्यांक नभएको बताउँछिन्।

सरकारीको पनि ठ्याक्कै तथ्यांक भने छैन। मन्त्रालयले पहिलोपटक गरिरहेको कर्मचारीको विवरण संकलन सकिएपछि नर्सको आधिकारिक तथ्यांक आउने अर्यालको भनाइ छ। मन्त्रालयका अनुसार करारबाहेक रिक्त दरबन्दी दुई हजार नौ सय ४५ खाली छ।

उनका अनुसार बिएससी नर्सिङ, अनमी आदिहरुको संख्या र रोजगार संख्याको यकिन हुन सकेको छैन ।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्