जापान सम्राटको पदत्याग गर्नु अघि भावपूर्ण अन्तिम सम्बोधन
टोकियो : जापानका सम्राट अकिहितोले पदत्याग गर्नु अगाडी आफ्ना शुभचिन्तकसमक्ष भावपूर्ण अन्तिम सम्बोधन गरेका छन् । उनले आफ्ना हजारौ शुभचिन्तकसामू शान्ती कायम गरे ।
बुधबार बिहान सम्राटको नयाँ वर्ष स्वागत सम्बोधन कार्यक्रममा ७२ हजार भन्दा बढी उनका शुभचिन्तक राजकिय भवनअगाडी भेला भएका राजदवार कार्यलयले जानकारी दिएको छ ।
पचासी वर्षीय सम्राटले अन्तिम पटक दिनु भएको परम्परागत नयाँ वर्षको स्वागत कार्यक्रमलाई अवलोकन गर्नको लागि अझ कैयौ व्यक्तिको आगमन भइरहेको सो स्रोतले जानकारी दिएको छ ।
जापानको राजतन्त्रमा यस प्रकार पदत्याग गर्ने सम्राट अकिहितो करिब दुई शताब्दीयता नै पहिलो व्यक्ति हुनुहुने छ । उनले ३० वर्षको शासनपछि अगामी अप्रिल ३० मा आफ्नो राजगद्दी छोडेका हुन् ।
‘