Logo
२ श्रावण २०८२, बिहीबार
(January 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ प्रधानन्यायाधीशको शपथ आज १० बजे हुने

काठमाडौं : नयाँ प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराको शपथ आज १० बजे हुने भएको छ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि चालेन्द्र शमशेर जबराको नाम सर्वसम्मत रुपमा हिजो अनुमोदन गरेको थियो ।

त्यससँगै जबराले बुधबार बिहान साढे १० बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

शपथ ग्रहण गरेसँगै जबराले पदभार सम्हाल्ने कार्यक्रम तय भएको सर्वोच्च अदालतले जानकारी दिएको छ। जबराले ३ वर्ष ११ महिना प्रधानन्यायाधीशको रूपमा काम गर्नेछन् ।

प्रकाशित मिति: Jan 2, 2019

प्रतिक्रिया दिनुहोस्