Logo
१३ बैशाख २०८१, बिहीबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरबाटै शुरु भयो श्रम स्वीकृतिको काम, सेवाग्राही खुसी, मुरलीचोकमा कार्यालय

जनकपुरधाम : वैदेशिक रोजगारीमा जानेहरुका लागि आजदेखि जनकपुरबाट पनि श्रम स्वीकृति सेवा शुरु भएको छ । रकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि आइतबारदेखि प्रदेशबाटै श्रम स्वीकृति सेवा प्रदान गर्न लागेको हो ।

जनकपुरको क्याम्पसचोक र मुरलीचोकको बिचमा पश्चिम तर्फ रहेको श्रम तथा रोजगार कार्यालयबाट आज विहान १० बजेबाट श्रम स्वीकृति दिने काम प्रारम्भ भएको हो ।

प्रारम्भिक चरणमा श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गर्ने कार्यालयका निमित महानिर्देशक उदयप्रसाद गुप्ताले बताउनुभयो ।

उहाँका अनुसार सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत यस कार्यालयबाट सम्पादन हुने छ ।प्रदेश २ को राजधानी जनकपुरबाटै श्रम स्वीकृति दिने काम शुरु भएपछि सेवाग्राही खुसी भएका छन् ।

पहिलो सेवाग्राहीको रुपमा पुन: श्रम स्वीकृति लिन कार्यालय पुग्नु भएका धनुषा बउहर्वाका एमडी जिलेमले आफु निकै खुसी भएको बताउनु भयो । ‘काठमाडौं श्रम स्वीकृति लिन जानुपर्दा निकै कठिनाई र खर्च बेहोर्नु पर्थ्यो ‘ उहा खुसी हुदै भन्नू भयो ‘ अब त्यो दिन देख्नु पर्दैन ‘ ।

प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो ।

प्रकाशित मिति: Dec 30, 2018

प्रतिक्रिया दिनुहोस्