Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालगायक प्रिन्सको दोस्रो म्युजिक भिडियोको छायाङ्कन शुरु

काठमाडौँ : चितवनको सौराहा घर भई हाल काठमाडौँ बस्दै आएका बालगायक प्रिन्स सिलवालको दोस्रो म्युजिक भिडियोको छायाङ्कन शुरु भएको छ । एघार वर्षीय प्रिन्सकै स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’को म्युजिक भिडियोमा अहिले बालगायक प्रिन्स व्यस्त छन् ।

सौराहामा सुन्दर पोशाकमा सजिएका थारू युवतीको ‘कोरस’ नृत्य अगाडि प्रिन्सले मोडलिङ गरेका छन् । उनलाई मोडलिङमा निशा पाण्डे र जेनी धमलाले साथ दिएका छन् । भकारी एमडिसीको प्रस्तुतिमा शुरु भएको म्युजिक भिडियो छायाङ्कनमा प्रिन्सले उत्कृष्ट प्रदर्शन गरेको निर्देशक सञ्जय पाण्डेले बताए ।

यसअघि प्रिन्सले दशैँको अवसरमा उमङ्गले भरिएको गीत ‘दशैँ मनाउने हो, नाच्दै रमाउने हो’ भिडियो बजारमा ल्याएका थिए । “गायनमा जस्तै राम्रो प्रस्तुति मोडलिङमा प्रिन्सले देखाएका छन्”, गीतकार तथा भकारी एमडीसीका निर्देशक वसन्त वित्यासी थापाले बताए ।

‘न मानामा नापिन्छ माया’ बोलको गीत पहिलो रेकर्ड भए पनि म्युजिक भिडियो भने दोस्रो हो । उनको दोस्रो गीत ‘दशैँ मनाउने हो’ को म्युजिक भिडियो दशैँअघि नै बजारमा आएको थियो । यसलाई दशैँमा बालबालिकाले खुब मन पराएका थिए ।

वसन्त वित्यासी थापाको शब्द र अशोक लोहारुङ राईको सङ्गीत रहेको यसमा सौराहाको रमणीय दृश्यलाई देखाउन खोजिएको प्रिन्सका बुबा रमेश सिलवालले जानकारी दिए ।

सञ्जय पाण्डेको निर्देशन र कृष्ण रसालको नृत्य निर्देशन रहेको म्युजिक भिडियोको छायाङ्कन भने चक्र महर्जनले गरेका छन् । भिडियोमा थारू संस्कृतिसँगै सौराहाको पर्यटकीय र प्राकृतिक रमणीय दृश्यहरू देख्न सकिन्छ ।

प्रकाशित मिति: Dec 30, 2018

प्रतिक्रिया दिनुहोस्