Logo
१२ बैशाख २०८१, बुधबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारी समायोजनका लागि करिब एक लाख ३५ हजार दरबन्दीको विवरण सार्वजनिक (सुचीसहित)

काठमाडाै‍ : नेपाल सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका लागि करिब एक लाख ३५ हजार दरबन्दीको विवरण सार्वजनिक गरेको छ ।

यो विवरण सार्वजनिक भएसँगै समायोजनमा जान चाहने कर्मचारीका लागि कहाँ जाने हो, रोज्न बाटो खुला भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाका अनुसार, संघमा करिब ४६ हजार, प्रदेशमा २२ हजार र स्थानीय तहमा ६७ हजार ७५० कुल दरबन्दीको विवरण मन्त्रालयको वेभसाइटमार्फत् सार्वजनिक गरिएको छ ।

सङ्घमा मुख्य सचिव एक, सचिव ५५, सहसचिव प्रशासन २५७ कायम भएको छ भने अन्य कानुन, सरकारी वकिल, इन्जिनियरको पनि दरबन्दी यकिन भएको छ ।

यसैगरी, उपसचिव, शाखा अधिकृतलगायत सबै पद र तहको दरबन्दी सार्वजनिक भएको छ ।सातवटै प्रदेशमा रहने कर्मचारीको दरबन्दीको विवरणसमेत राखिएको छ ।

यसैगरी, स्थानीय तहमा पशु र कृषि संरचनामा सबैभन्दा बढी सात हजार ७२४ र स्वास्थ्यतर्फ कुल दरबन्दी २५ हजार ७६४ दरबन्दी रहेको छ । सचिव थपलियाले समायोजनमा जान चाहने कर्मचारीले आफूलाई कहाँ जाने हो भनेर रोज्नलाई बाटो खुलेको बताए ।

प्रकाशित मिति: Dec 30, 2018

प्रतिक्रिया दिनुहोस्