Logo
७ बैशाख २०८१, शुक्रबार
(December 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१५ रोपनी क्षेत्रफल ओगटेको ५ अर्ब बढीको लगानीमा ठमेलमा खुल्यो ‘छाया सेन्टर’

काठमाडौं : राजधानीको प्रमुख पर्यटन केन्द्र ठमेलमा ५ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा मंगलबारबाट नयाँ सपिङ कम्प्लेक्स ‘छाया सेन्टर’ सञ्चालनमा आएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको नेतृत्वमा बैंकिङ, निर्माण, जलविद्युत, व्यापार, उद्योग, पर्यटनलगायत व्यवसायीको लगानीमा खुलेको छाया सेन्टरले १५ रोपनी क्षेत्रफल ओगटेको छ ।

‘ठमेलभित्रको ठमेल’ का रूपमा प्रवद्र्धन गरिएको कम्प्लेक्समा पर्यटनसँग जोडिएका सबै किसिमका सेवा उपलब्ध रहेको सेन्टरका अध्यक्ष पाँडेले जानकारी दिए । कम्पनीका अनुसार कम्प्लेक्समा तीनवटा मल्टिप्लेक्स थिएटरका साथै विभिन्न सामग्रीका पसल, वायुसेवा कम्पनी, ट्राभल एजेन्सी, ब्यांक्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेस्टुरेन्ट, क्लब, बैंक शाखा, कर्पोेरेट कम्पनीका कार्यालय रहेका छन् । कम्प्लेक्सको एमाले नेता योगेश भट्टराईले उद्घाटन गरेका थिए ।

कम्प्लेक्सको पाँचौंदेखि १५औं तलासम्म अन्तर्राष्ट्रिय होटल चेन मेरियटअन्तर्गतको ‘अलफ्ट’ ब्रान्डमा ‘अलफ्ट काठमाडौं’ होटल पनि चाँडै सञ्चालनमा आउने सेन्टरका अध्यक्ष पाँडेले जानकारी दिए । यसमा क्यासिनो पनि सञ्चालनमा आउने उनले बताए । सन् २०१३ बाट निर्माण थालिएको सेन्टर तयार हुन पाँच वर्ष लागेको थियो । यसमा ३ सयभन्दा बढी गाडी पार्किङ गर्न मिल्ने अन्डरग्राउन्ड बेसमेन्ट पार्किङ स्थल छ ।

प्रकाशित मिति: Dec 26, 2018

प्रतिक्रिया दिनुहोस्