Logo
७ बैशाख २०८१, शुक्रबार
(December 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४-२ गोलअन्तरले विजयी हासिल गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्रको जीत

काठमाडौँ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा मछिन्द्रले सरस्वतीमाथि ४-२ गोलअन्तरले विजयी हासिल गर्दै जारी लिगमा पहिलो जीत दर्ता गराएको हो । दश खेल खेलेको मछिन्द्रले लिगमा शीर्ष तीन अङ्क जोडेको यो पहिलो पटक हो ।

मछिन्द्रको जीतमा कप्तान विशाल राई, विदेशी खेलाडी भसाडिया डाइमान्डे, अनिल गुरुङ र विकास राईले एक/एक गोल गरे । त्यस्तै खेलमा शुरुआती अग्रता भने सरस्वतीले लियो । खेलको चौथो मिनेटमा मछिन्द्रका खेलाडी सञ्जय राजबहाकले सरस्वतीका लागि आत्माघाती गोल गरे ।

त्यस्तै खेलको पहिलो हाफको १६औँ मिनेटमा मछिन्द्र विशालले एक गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । विशालले गोल गरेको चार मिनेट पनि बित्न नपाउँदै मछिन्द्रका विदेशी खेलाडी डियामान्डेले एक गोल थप्दै खेललाई २-१ को अग्रता ल्याए ।

त्यसैगरी खेलको २५ औँ मिनेटमा मछिन्द्रका अनिलले एक गोल थपे । त्यसपछि खेलको ३६औँ मिनेटमा सरस्वतीका विदेशी खेलाडी फ्रान्सिस ओनेयामाले एक गोल थप्दै खेललाई ३– २ को स्थितिमा ल्याए ।

खेलको पहिलो हाफमा ३-२ ले अगाडि रहेको मछिन्द्रले दोस्रो हाफमा एक गोल थप्यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा विकासले पेनाल्टीमार्फत एक गोल गरेपछि मछिन्द्रले ४–२ को सहज जीत हात पा¥यो ।

खेलमा ‘म्यान अफ दी म्याच’ मछिन्द्रका कप्तान विशाल राई घोषित भए । यस जीतसँगै मछिन्द्र १० खेलबाट ६ अङ्कका साथ अङ्क तालिकाको ११औँ स्थानमा उक्लिएको छ । समान १० खेल खेलेको सरस्वती १० अङ्कका साथ नवौँ स्थानमा छ ।

प्रकाशित मिति: Dec 21, 2018

प्रतिक्रिया दिनुहोस्