Logo
८ बैशाख २०८१, शनिबार
(December 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुस २४ देखि माघ ५ सम्म सुदूरपश्चिम खप्तड गोल्ड कप हुने

धनगढी : सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण यही पुस २४ देखि माघ ५ गतेसम्म हुने भएको छ । ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ नाराका साथ सो प्रतियोगिता आयोजनजा गर्न लागिएको हो ।

आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालका अनुसार प्रतियोगितामा नेपालका ए डिभिजन क्लब, एउटा विदेशी टिम, मोफसलका चर्चित फुटबल टिम र सुदूरपश्चिम–११ को सहभागिता रहने छ ।

विजेताले पुरस्कार स्वरुप रु २१ लाख र उपविजेताले रु १० लाख, ट्रफि र प्रमाण पत्र पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई रु १० हजार पुरस्कार दिइनेछ ।

प्रकाशित मिति: Dec 20, 2018

प्रतिक्रिया दिनुहोस्