Logo
१३ बैशाख २०८१, बिहीबार
(December 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोनाल्डोलाई पछि पार्दै मेस्सीले जिते पाँचौँपटक गोल्डेन बुट

बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले कीर्तिमानी पाँचौँपटक गोल्डेन बुट अवार्ड जितेका छन् । उनी गएको सिजन युरोपका शीर्ष पाँच लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बन्दै अवार्ड पाउने निश्चित भएको थियो ।

मेस्सीलाई गोल्डेन बुट अवार्ड मंगलबार एक विशेष कार्यक्रम गरी हस्तान्तरण गरिएको हो । अर्जेन्टिनाका मेस्सीले गएको सिजन ला लिगामा ३६ खेलमा ३४ गोल गरेका थिए । उनले लिभरपुलका मोहम्मद सालहलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

सालहले गएको सिजन प्रिमियर लिगमा ३२ गोल गरेका थिए । मेस्सी पाँचौँपटक युरोपका शीर्ष पाँच लिगका सर्वाधिक गोलकर्ता बनेका हुन् । यसको अर्थ उनले गोल्डेन बुटको दौडमा अहिले इटालियन क्लब युभेन्टसबाट खेल्दै आएका क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।

रोनाल्डोले चारपटक गोल्डेन बुट जितेका छन् । रोनाल्डोले गएको सिजन रियल मड्रिडबाट ला लिगामा २७ खेलमा २६ गोल गरेका थिए । अवार्ड ग्रहण गर्दै मेस्सीले आफूले कहिले पनि यस्तो सफलता पाउँछु भनेर कहिले नसोचेको बताए ।

खेलमा जहिले रमाउने भए पनि यस्तो सफलता हात लाग्ला भन्ने नसोचेको उनको भनाई छ । मेस्सी यो सिजन पनि युरोपका शीर्ष लिगमा सर्वाधिक गोलकर्ताको सूचिमा पहिलो नम्बरमा छन् । उनले अहिलेसम्म ला लिगामा यो सिजन १४ गोल गरिसकेका छन् ।

प्रकाशित मिति: Dec 19, 2018

प्रतिक्रिया दिनुहोस्