Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेक्सिकोकी भर्नेसाले जितिन् मिस वर्ल्डको ताज, शृङ्खला खतिवडा टप १२ मा पुग्न सफल

काठमाडौं : मेक्सिकोकी सुन्दरी भर्नेसा पोन्सले मिस वर्ल्ड २०१८ को ताज जित्न सफल भएकीछन् ।

शनिबार चीनमा सम्पन्न फाइनलमा चार देशकी सुन्दरीलाई पछि पार्दै उनी विश्वकै सुन्दरी बनेकी हुन् ।

थाइल्याण्डकी निकोलेन रनर अप बनिन् । उनी नेपालकी श्रृखला खतिवडालाई पछि पार्दै एसिया एण्ड ओसियन विजेता बन्दै टप ५ मा परेकी थिइन् ।

मिस नेपाल खतिवडा मिस वर्ल्डको यात्रा शीर्ष १२ मा नै टुंगिएको छ ।

मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल भए पनि उनले इन्टर कन्टिनेन्टल उपाधि जित्न नसकेपछि उनको यात्रा यतिमै सिमित बनेको हो ।

मिस नेपाल शृङ्खलासँगै एसिया ओसियानिया क्षेत्रबाट मिस न्युजिल्याण्ड र मिस थाइल्याण्ड पनि शीर्ष १२ मा पुगेका थिए ।

तीन सुन्दरी मध्ये मिस थाइल्याण्डले मिस वर्ल्ड एसिया-ओसियानाको उपाधि जित्दै शीर्ष पाँचमा आफ्नो स्थान बनाइन् ।

प्रकाशित मिति: Dec 8, 2018

प्रतिक्रिया दिनुहोस्