Logo
७ बैशाख २०८१, शुक्रबार
(December 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रृंखला खतिवडालाई मिस वर्ल्डको बनाउन नेकपाका ४० जनाको टोली चिनमा

काठमाण्डौ : कम्युनिष्ट मुलुक चीनको सान्यामा भइरहेको मिसर्वल्डको प्रतियोगिता मा सहभागी हुन नेकपाका ४० जनाको टोली चिन पुगेका छन् ।  जहाँ नेपाली चेली श्रृंखला खतिवडा प्रतिस्पर्धा गरिरहेकी छिन् ।

मिस मिसर्वल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी खतिवडालाई साथ दिन उनको परिवार र आफन्तसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद र जिल्ला नेताहरु चीन पुगेका छन् ।

श्रृंखलाका पिता बिरोध खतिवडा नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद छन् भने आमा मुनु सिग्देल नेकपा मकवानपुर अध्यक्ष एवं प्रदेशसभा सदस्य हुन् ।

उनीहरु दुबैजना अहिले चीन पुगेका छन् । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर तथा नेकपा उपसचिव मीना लामा बिहीबार बेइजिङ पुगेकी छिन् ।

त्यसैगरी, तत्कालीन एमालेका मकनवानपुर जिल्ला सचिवालय सदस्य मदन दाहालसहित श्रृंखलाका काकाकाकी, मामामाइजू लगायत तत्कालीन एमालेका नेता कार्यकर्ताको करीव ४० जनाको समूह बेइजिङ पुगेको छ ।

श्रृंखलालाई हौसला दिन उनका भाइ पनि अष्ट्रेलियाबाट चीन पुगेका छन् । मिस वर्ल्डको अन्तिम ३० जनामा छनोट भएकी श्रृंखलालाई प्रत्यक्ष रुपमा हौसला प्रदान गर्न नेता र परिवारजन त्यसतर्फ गएका हुन् ।

प्रकाशित मिति: Dec 7, 2018

प्रतिक्रिया दिनुहोस्