Logo
१३ बैशाख २०८१, बिहीबार
(December 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कँही घाम ताप्दै परीक्षा दिंदै बिद्यार्थी, कँही जन्मदर्ता नभएर कक्षा दोहर्याउँदै (हेर्नुस् १३ तस्विर)

समुन्द्री सतहदेखि १९ सय मिटर उचाईमा रहेको दैलेख गुराँस गाउँपालिकास्थित रानीमत्ताको लेकमा लगाइएको बन्दा, काउली, आलु, केराउलगायत तरकारीखेती । पछिल्लो समयमा रानीमत्ता लेक तरकारी उत्पादन क्षेत्रका रुपमा विकास हुँदै गएको छ । तस्वीर : शुरबहादुर सिंह,सुर्खेत
पुरानो कपडा पेलेर सिरक डसना बनाइँदै । पाल्पा रामपुरमा मेशिनद्वारा पुरानो कपडा पेलेर नयाँ सिरक डसना बनाउँदै । तस्बिर : सुशिला रेग्मी, बेझाड
पुरानो कपडा पेलेर सिरक डसना बनाइँदै । पाल्पा रामपुरमा मेशिनद्वारा पुरानो कपडा पेलेर नयाँ सिरक डसना बनाउँदै । तस्बिर : सुशिला रेग्मी, बेझाड (पाल्पा)
सिंजा गाउँपालिका अन्र्तगतका बिद्यालयमा चालु शैक्षिक सत्रको अन्तिम परीक्षा मङसिर १७ गतेदेखि शुरु । कैलाश माध्यामिक बिद्यालय फुंग्रका कक्षा १ देखि १० सम्मका विद्यार्थी चौरमा घाम ताप्दै बार्षिक परीक्षा दिंदै । तस्वीर : मानदत्त रावल
जन्मदर्ता नहुँदा कक्षा दोहो¥याएर पढदै आएकी चन्द्रलाल बराइलीकी छोरी बर्सिना बराइली । तस्वीर : रवीन्द्र काफ्ले, फिदिम पाँचथर, रासस
नागरिकताविहीन अतिविपन्न चन्द्रलाल बराइलीको परिवार । तस्वीर : रवीन्द्र काफ्ले, फिदिम पाँचथर
सुनसरी सदरमुकाम इनरुवा– ९ बबियामा पकेको धान, जनमजदुरको अभावका कारण काटन नपाउँदा खेतमा बाला छर्दै । तस्वीर : अजितकुमार झा, इनरुवा
दाँङको गिठेपानीका किसान मह काढदै । तस्वीर : दीपक बोहरा,लमही
आईएलओको सहयोग र राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरले सञ्चालन गरेको तालीममा कपडामा बुट्टा भर्दै कञ्चनपुरको भीमदत्तनगरपालिका ९ ब्रम्हदेवका मुक्त हलिया परिवारका महिला । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर
चन्द्रलाल बराइलीको परिवार बस्दै आएको कटेरो । तस्वीर : रवीन्द्र काफ्ले, फिदिम पाँचथर
तनहुँको भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि खोर राख्दै स्थानीय एवं प्रहरी । भानु नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाको ज्यान जान थालेपछि चितुवा नियन्त्रणको प्रयास थालिएको हो । तस्बिर : कृष्ण न्यौपाने, दमौली,
नारायणी अञ्चल यातायात व्यवस्था कार्यालय वीरगन्जमा सोमबार चालक अनुमति–पत्रका लागि अनलाइन प्रणालिको माध्यमले तस्विर सहितको निवेदन दिँदै एक महिला । लामो समयदेखि बन्द रहेको चालक अनुमति–पत्र वितरण खुल्ला गरेपछि निवेदन दिन दैनिक सयकडौको संख्यामा सर्वसाधारण कार्यालयमा आउने गरेको नारायणी अञ्चल यातायात व्यवस्था कार्यालय वीरगन्जका सूचना अधिकारी रोहितकुमार कोइरालाले जानकारी दिनभयो । तस्वीर : बिजयकुमार महतो/पर्सा
तुलसीपुर उपमहानगरपालिका वडा नं ५ तुलसीपुरका ५८ वर्षीय गोबिन्दप्रसाद बस्याल अर्गानिक तरिकाले व्यावसायिकरुपमा गरेको केराखेती । उहाँले राप्ती अञ्चल अस्पतालको खाली जमिन भाँडामा लिएर केराखेती गर्दै । तस्वीर : नारायणी रजौरे, दाङ, प्रदेश नं ५

प्रकाशित मिति: Dec 3, 2018

प्रतिक्रिया दिनुहोस्