Logo
१३ बैशाख २०८१, बिहीबार
(December 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिला कृषकलाई झापामा निःशुल्क ड्रम वितरण, आइतबार देशभरमा के-के भयो ? (हेर्नुस् २५ तस्विर)

झापाको अर्जुनधारा नगरपालिकाको कृषि विकास शाखाले जैविक विषादी बनाउनका लागि निःशुल्क वितरण गरेको ड्रम घर लैजाँदै महिला कृषकहरु । सो शाखाले अर्जुनधारालाई हरित तथा अग्र्यानिक नगर बनाउने अभियानको क्रममा किसानलाई ड्रम दिएको हो । तस्वीरः चन्द्रकला भण्डारी, झापा
सुनसरीको रामधुनी नगरपालिकामा धान काटदै कृषकहरु । तस्विर : अजितकुमार झा, इनरुवा, (रासस) १ नम्वर प्रदेश,
दाङ कोइलाबास खोलामा भत्किएको पुरानो चेकडयामको अबलोकन गर्दै राष्ट्रपति चुरे तराई मधेश समितिका अधिकारी । तस्वीर : दीपक बोहरा,लमही (दाङ),प्रदेश नं. ५
पाल्पाको रामपुर नगरपालिका– ६ विजयपुरका गोपालप्रसाद गैह«ेले संचालन गर्नुभएको रामपुर भुजा उद्योगमा भुजा प्याकिङ्ग गरेर बजार लैजाने तयारी गर्दै । तस्बिर : सुशिला रेग्मी, बेझाड (पाल्पा)
पाल्पाको निस्दी गाउँपालिका– २ सहलकोटका विपन्न घरपरिवारलाई रामपुरका तीन जना व्यापारीद्वारा जाडोको न्यानो कपडा कम्बल वितरण । तस्वीर : पवित्रा घिमिरे,रामपुर, पाल्पा
नुवाकोट लिखु गाँउपालिका–४ मा सञ्चालित चौघडा एग्रो अर्गानिक प्रालीको अवलोकनको क्रममा आलुको बीऊ रोप्दै जिसस नुवाकोटका प्रमुख सन्तमान तामाङ, लगायतका अतिथि । रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट)
पाल्पाको रामपुर नगरपालिका–६ स्थानीय कृषक घनश्याम देवकोटाले लगाउनुभएको व्यावसायिक रुपमा लगाइएको तरकारी खेती । तस्वीर : सुशिला रेग्मी, बेझाड (पाल्पा)
पाँचथरको याङवरक गाउँपालिकामा पर्ने दहालगाउँबाट देखिएको ताप्लेजुङमा अवस्थित कुम्भकर्ण हिमाल । तस्वीर : सन्तोष पुर्कुटी, रासस
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ ठाडाढुङ्गाका ३३ वर्षीय लीलबहादुर गिरी मुसिकोट–चुन्वाङ्ग कृषि सडक खण्डमा रहेका पथ्थर कुटेर घट्ट (पाथर) बनाउँदै । यहाँका बेरोजगार युवाले गाउँमै घट्ट (पाथर) बनाएर जिविकोपार्जन गर्दै आएका छन । तस्वीरः अमरराज पुन, मुसिकोट कर्णाली प्रदेश
सुनसरीको कोसी गाउपालिका– ४ कोशी कटान क्षेत्रस्थित सीमसार क्षेत्रमा माछा मार्दैै स्थानीय । तस्विर : अजितकुमार झा, इनरुवा
दाङ बंगलाचुली गाउँपालिका– ३ दवाङको आधारभूत विद्यालय को वार्षिकोत्सवमा मगर भेषभुषामा प्रस्तुति राख्दै विद्यार्थी । पछिल्लो समय मगर संस्कृति लोप भईसकेको गुनासो बढेका बेला विद्यार्थीहरुले मगर सांस्कृतिक संरक्षण गर्न थालेका छन । तस्वीर : दीपक बोहरा, लमही (दाङ), प्रदेश नं. ५
मकवानपुरगढी गाउँपालिका–२ स्थित ऐतिहासिक मकवानपुरगढीमा पर्यटकहरु । नेपाल एकीकरणको इतिहाससँग जोडिएको यस गढीलाई सरकारले पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेपछि यहाँ पर्यटकको चाप बढन थालेको छ । तस्वीर : प्रकाश अधिकारी, हेटौंडा
मकवानपुरगढी गाउँपालिका–२ स्थित ऐतिहासिक मकवानपुरगढीमा पर्यटकहरु । नेपाल एकीकरणको इतिहाससँग जोडिएको यस गढीलाई सरकारले पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेपछि यहाँ पर्यटकको चाप बढन थालेको छ । तस्वीर : प्रकाश अधिकारी, हेटौंडा
पहिलोपटक गाउँमा बाटो पुगेपछि खुसी भएका त्यहाँका महिला । उपमहानगरपालिकाको रु ३०लाख र नागरिकको रु १० लाख मूल्य बराबरको ७नतसमदानबाट त्यहाँ तीन किलो कृषि सडक निर्माण गरिएको हो । तस्वीर : नारायण रजौरे, दाङ
सिंहदरवार परिसरस्थित हुलाक काउन्टरमा चिठ्ठी रजिष्टर गर्दै महिला कर्मचारी । उक्त काउन्टरबाट दैनिकरुपमा ३०० भन्दाबढीको संख्यामा चिठ्ठी रजिष्टर हुँदै आएको छ । तस्वीर नारायण न्यौपाने
नेपाली काँग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा आइतबार बसेको नेका केन्द्रीय कार्यसमितिको बैठक । तस्वीरः रोशन सापकोटा,
सामाजिक सुरक्षा कोष र एशिया प्रशान्त शिखर सम्मेलनका सन्दर्भमा नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आइतबारको बैठकबाट पारित प्रस्ताव बाचन गरेर सुनाउँदै प्रवक्ता विश्वप्रकाश शर्मा । तस्वीर : नारायण न्यौपाने
नुवाकोटको लिखु गाँउपालिका–४ मा सञ्चालित चौघडा एग्रो अर्गानिक प्रालीको कृषि औजार अवलोकन गर्दै जिसस नुवाकोटका प्रमुख सन्तमान तामाङ लगायतका अतिथिहरु । प्रालीले रु एक करोड ३० लाख लगानीमा यो वर्षदेखि दुइसय४० रोपनीमा कृषि खेती सुरु गरेको छ । तस्वीर : रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट)
तनहुँको व्यास नगरपालिका–१२ स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई जिल्ला सुधारका लागि सामाजिक उत्थान (डिसु) नेपालले सेनेटरी प्याड वितरण । तस्वीर : कृष्ण न्यौपाने, दमौली
दाङ कोइलाबास खोलामा भत्किएको पुरानो चेकडयामको अबलोकन गर्दै राष्ट्रपति चुरे तराई मधेश समितिका अधिकारी । तस्वीरः दीपक बोहरा,लमही (दाङ)
बागलुङ नगरपालिका–८ सिगानाका यामबहादुर गौतमले आफनो बारीमा लगाएका सुन्तला देखाउँदै । सिगाना जिल्लामै उत्कृष्ट सुन्तला फल्ने ठाउँका रुपमा चिनिन्छ । तस्वीर : सुवास गौतम, गलकोट (बागलुङ)
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का स्थानीय बासिन्दा तराई भू–परिधि ताल र सामुदायिक वन समन्वय समिति कञ्चनपुरको आर्थिक सहयोगमा मछेली नदीमा तटबन्ध निर्माणका लागि ७नतसमदान गर्दै । तस्वीरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर
पुर्ननिर्माण प्राधिकरण कोष मार्फत पुर्ननिर्माण गरिएको अस्थायी प्रहरी पोष्ट भवन विदुरको आज उदघाटन गर्नुहँुदै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल । कोष मार्फत पुनःनिर्माण गरिएको तीनवटा भवनको आइतबार एकैसाथ उदघाटन गरिएको छ । तस्वीर : रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट)
पुर्ननिर्माण प्राधिकरण कोष मार्फत पुर्ननिर्माण गरिएको प्रहरी अधिकृत ब्यारेक भवन विदुरको उदघाटन पश्चात सो भवनको अवलोकन गर्नुहुँदैप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल । कोष मार्फत पुनःनिर्माण गरिएको तीनवटा भवनको आइतबार एकैसाथ उदघाटन गरिएको छ । तस्वीर : रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट)
चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङको मामा हुमबहादुर गुरुङलाई तत्कालका लागि राहत स्वरुप रु. ५० हजार हस्तान्तरण गर्दै तनहुँका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा । तस्वीर : कृष्ण न्यौपाने, दमौली, (तनहुँ), गण्डकी

प्रकाशित मिति: Dec 2, 2018

प्रतिक्रिया दिनुहोस्