Logo
१२ बैशाख २०८१, बुधबार
(November 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कँहि नापजाँच, कँहि घाँममा विद्यार्थी त कतै बनाइदै स्याउको सुकुटी (हेर्नुस् १५ तस्विर)

काठमाडौँ महानगरपालिका वडा नंं ३१ द्वारा शुक्रबार आयोजित वार्षिक समीक्षा, रणनीतिक कार्ययोजना तथा विज्ञ समूह गठन कार्यक्रमको उदघाटन गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्य । तस्वीर : रत्न श्रेष्ठ
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायत अतिथि महानगरपालिका वडा नंं ३१ द्वारा शुक्रबार आयोजित वार्षिक समीक्षा, रणनीतिक कार्ययोजना तथा विज्ञ समूह गठन कार्यक्रममा सहभागी हुँदै । तस्वीर : रत्न श्रेष्ठ
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा कीर्तिनिधि विष्ट ः प्रखर राष्ट्रवादी नेपाली नेता नामक पुस्तकको लोकार्पण गर्दै । तस्वीर नारायण न्यौपाने
नेपाली काँग्रेस इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथ र नेपाल विद्यार्थी संघ एवं नेपाल तरुण दलको संयुक्त रुपमा आयोजना गरेको युवा सम्मेलनममा शुक्रबार सहभागी हुँदै नेका सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शंशाक कोइरालालगायत । तस्वीर : रोशन सापकोटा
म्याग्दीको सदरमुकाम बेनीमा जारी १७बmउस औँ अन्तर मावि जेसीज फुटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्वीरः कमल खत्री, बेनी(म्याग्दी)
हुम्लामा उत्पादन भएको स्याउँले बजारमा बिक्री गर्न नपाउँदा कृषकले चाना र सुकुटी बनाएर घरको छतमा र बार्दलीमा सुकाउने गर्दछन । दाने बोहरा, हुम्ला
हुम्लामा उत्पादन भएको स्याउँले बजारमा बिक्री गर्न नपाउँदा कृषकले चाना र
सुकुटी बनाएर घरको छतमा र बार्दलीमा सुकाउने गर्दछन । दाने बोहरा, हुम्ला
महाभारतको ७नतसृङखला अन्तर्गत तनहुँको सबैभन्दा अग्लो स्थान आँबुखैरेनी गाउँपालिका–५ मा अबस्थित समुन्द्र सतहबाट २१३४ मिटरको उचाईमा रहेको छिम्केश्वरीमाईको मन्दिर । तस्वीर : कृष्ण न्यौपाने, दमौली, तनहुँ
कञ्चनपुरको झलारीमा रहेको ७नतसीकृष्ण माध्यमिक विद्यालयका विद्याथी पारिलो घाँममा बसेर पढदै । तस्वीरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर
काठमाडौको कोटेश्वरमा शुक्रबार बिहानको चिसोमा बच्चाहरुको खेलौना बेच्न बसेका बालबालिका । तस्वीरः चन्द्रकला क्षेत्री,काठमाडौं
नुवाकोटको ककनीमा उत्पादन भएको स्ट्रबेरी बिक्रीको लागि तयार गर्दै महिलाकामदार । स्ट्रबेरी काठमाडौको सपिङसेन्टर,डिपार्टमेन्टल स्टोरमा प्रतिकेजी रु १ हजारसम्म बिक्री हुने गर्दछ । तस्वीर : रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट)
म्याग्दीको बेनी नगरपालिक– ३ अबस्थित पर्यटकीय स्थल मुसुङ डोले । म्याग्दीका ३ दर्जन गाउँहरु र धौलागिरि,निलगिरि, गुर्जा, लगायतका ७ वटा हिमालहरु देख्न सकिन्छ । तस्वीर : धु्रबसागर शर्मा,गलेश्वर(गण्डकी प्रदेश) म्याग्दी
नुवाकोटको विदुर नगरपालिकाले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी रसुवागढी सडक योजनाको मुआब्जासम्बन्धी शुक्रबार बट्टारमा गरेको सार्वजनिक सुनुवाईमा योजना प्रमुख सुवोधकुमार देवकोटा स्थानीयवासीले उठाएको प्रश्नको जवाफ दिँदै । तस्वीरः नवदीप श्रेष्ठ, नुवाकोट
म्याग्दीको सदरमुकाम बेनीदेखि नगरपालिका २ भकुण्डे जोडने बेनी–लभहिल– मोटरबाटोको लागि नापजाँच गर्दै प्राविधिक सहितको टोली । तस्वीर : धु्रबसागर शर्मा, म्याग्दी
पाल्पाको रामपुर नगरपालिका–४ देवीस्थान का युवा कृषकले पलास्टिकको घरभित्र तरकारी लगाउन जग्गाको तयारी गर्दै । तस्वीर : सुशिला रेग्मी, बेझाड (पाल्पा)

प्रकाशित मिति: Nov 30, 2018

प्रतिक्रिया दिनुहोस्