बलात्कारको आरोपमा कपनबाट एक जना पक्राउ
काठमाडौं : बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–२ बस्ने २४ वर्षीय गोले श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उनी सोही ठाउँ बस्ने १७ वर्षीया किशोरीलाई गत असार २६ गते बलात्कार गरी फरार भएका थिए।
उनलाई इलाका प्रहरी कार्यालय बाह्रबिसे सिन्धुपाल्चोकको पत्रको आधारमा खोजी गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग कपनको प्रहरीले काठमाडौं महानगरपालिका–६ महाँकाल ओरालोबाट पक्राउ गरेको हो।
उनीमाथि जबरजस्ती करणी मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।