मोटरसाइकल दुर्घटनामा एकको मृत्यु,तीन घाइते
चन्द्रपुर : रौतहटको चन्द्रपुर नगरपालिका–१मा सोमबार राती १० बजे भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यू भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।
४ जना सवार रहेको ना३४प ६४४० नम्बरको मोटरसाइकल पल्टिदा मोटरसाइकल पछाडि बसेका २२ वर्षीय शिव खड्काको ज्यान गएको हो । उनको उपचारको क्रममा विरगञ्ज हेल्थ केयरमा गएराति सवा १२ बजे मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका अन्य तीनजनाको विरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।