Logo
७ चैत्र २०८१, शुक्रबार
(October 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३ महिनामा परिणाम चाहियो भन्दै सिमानाको तस्करी नियन्त्रण गर्न सशस्त्रलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सिमानामा हुने तस्करी र अपराधका घट्ना नियन्त्रण गर्न निर्देशन दिएका छन् । सोमबार गृहमन्त्रालयमा सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालसहित सातवटै प्रदेशका सशस्त्र प्रहरी प्रमुखहरुलाई बोलाएर गृहमन्त्री थापाले यस्तो निर्देशन दिएका हुन् ।

सशस्त्र प्रहरीका उच्च सुरक्षा अधिकारीहरुलाई निर्देशन दिँदै थापाले भने, ‘तस्करी र अपराधका घट्ना नियन्त्रणका लागि थप सक्रिय भएर लाग्नुस् ।’ सीमा नाकामा हुने तस्करी र अपाराधको घट्ना नियन्त्रणका लागी तिन महिनाभित्र परिणाम निस्कने गरी काम गर्न निर्देशन दिँदै मन्त्री थापाले भने, ‘दशैं–तिहार तथा छठ पर्वमा सीमानामा हुने तस्करी बढ्नसक्छ, त्यसतर्फ विशेष ध्यान दिनुस् ।’

सशस्त्र प्रहरीलाई राज्यले सीमा, विपद् र शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी दिएको बताउँदै उक्त जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्न आग्रह गरेका छन् । मदिरा नियन्त्रण र लागू पदार्थबिरुद्ध मन्त्रालयले अभियान शुरु गरेको उल्लेख गर्दै मन्त्री थापाले सशस्त्र प्रहरी बलले उक्त अभियानमा विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै देशमा अस्थिरता निम्त्याउन खोज्ने तत्वहरुको समेत निगरानी बढाउन शसस्त्र प्रहरीका उच्च अधिकृतहरुलाई थापाले निर्देशन दिएका छन् ।

प्रकाशित मिति: Oct 8, 2018

प्रतिक्रिया दिनुहोस्