भारतको मथुरा स्थित वृन्दावनमा साधु भएर बसेका थिए कमलप्रसाद ज्ञवाली

काठमाडौं : भारतबाट पक्राउ परेका तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली मथुरास्थित वृन्दावनमा जोगीको भेषमा लुकेर बसिरहेका अवस्थामा पक्राउ परेको खुलासा भएको छ । नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई मथुराबाट पक्रेको हो ।
६ करोड सम्पत्ति धितो राखेर ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोगमा उनको समूहमाथि प्रहरीले अनुसन्धान थालेलगत्तै ज्ञवाली फरार थिए । ‘एक महिनाअघि महानगरीय प्रहरी अपराध महाशाखाका सूचना आयो, हामिले छाननिग गर्यौं, उहाँ नै भएकाले हामि त्यहाँ पुग्यौं’ एक प्रहरी अधिकुतले भने ‘त्यसपछि ज्ञवालीजीलाई हामिले वृन्दावनबाट पक्राउ गर्न सफल भएका हौं ।’
कमसल धितो प्रवाह गरेर बैंकसमेत डुबाएका ज्ञवाली फरार भएको करिब पाँच वर्षपछि उनी पक्राउ परेका छन् । सन् २०१३ को अन्त्यतिर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले श्रीमती गौरी खनाललाई पक्राउ गरि अनुसन्धान अगाडि बढाएपछि कमलले नैतिकताका आधारमा बैंकको जिम्मेवारीबाट राजीनामा दिएका थिए।
०७३ असोज ४ गते पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत) ले ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय र १२ करोड ५० लाख रुपैयाँ जरिवाना सुनाएको थियो । अदालतले फैसला सुनाए पनि फरार रहँदै आएका ज्ञवाली २ वर्षपछि प्रहरीको फन्दामा परेका हुन् ।
सन् २०१३ को अन्त्यतिर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले श्रीमती गौरी खनाललाई पक्राउ गरि अनुसन्धान अगाडि बढाएपछि कमलले नैतिकताका आधारमा बैंकको जिम्मेवारीबाट राजीनामा दिएका थिए । सीआईबीले गौरीलाई अनुसन्धान गर्नेक्रममा कमलको पनि संलग्नता देखिएको थियो ।
त्यसपछि कमल फरार भएका थिए । स्रोतका अनुसार कमल वृन्दावनमा साधुजस्तै भएर बसेका थिए । ‘नियमितरुपमा चन्दनको टिका लगाउने रहेछन् । दारी नपालेपनि उनको लामो टुप्पी छ । धर्म ग्रन्थ पनि सबै पढिसकेका रहेछन्’, स्रोत भन्छ ।
यसैगरी कीर्ते जालसाँची मुद्धामा २०७४ साल जेठ ४ गते कमलविरुद्ध २९ लाख ५६ हजार तीन सय ५६ जरिवानाको फैसला गरेको थियो। यसै वर्ष काठमाडौँ जिल्ला अदालतले व्यक्तिगत लेनदेन मुद्धामा कमलविरुद्ध दुई वर्ष कैद र एक करोड ५० लाख रुपैयाँ जरिवाना फैसला गरेको स्रोत बताउँछ । यद्यपी अदालतका कर्मचारीले ७० दिनको म्याद गुज्रिएपछि तामेली नगरेको बताइन्छ ।
कमल फरार भएपछि धरौटीमा छुटेकी गौरी पनि अदालतको फैसलापछि फरार छिन् । सीआईबी स्रोतका अनुसार ज्ञवालीविरुद्ध अझै २४ करोडभन्दा बढी विगोको अनुसन्धान हुन बाँकी छ । ‘ उहाँविरुद्ध प्रहरीमा दर्ता भएका र अदालतमा पेश भईसकेका एक दर्जन जति मुद्धा रहेको बुझिएको छ’, स्रोत भन्छ ।