Logo
७ चैत्र २०८१, शुक्रबार
(October 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणगढ-काठमाडौं सडकखण्डमा ठूला मालबाहक सवारीसाधन एक साताका लागि बन्द

काठमाडौं : यातायात व्यवस्था विभागले दशैं मान्न राजधानी छाड्ने यात्रुको सहजताका लागि नारायणगढदेखि काठमाडौंसम्म ठूला मालबाहक सवारीसाधन एक साताका लागि बन्द गर्ने भएको छ ।

आगमी असोज २४ देखि ३१ गतेसम्मका लागि ठूला मालबाहक कन्टेनरहरु यस सडकखण्डमा गुड्न पाउने छैनन् । बिभागले मल्टी एलेकस ट्र्याक्टरलाई उक्त अवधिमा काठमाडौं प्रवेशमा रोक लगाउने विभागले निर्णय गरेको हो । दसैको मुखमा काठमाडौंबाट बाहिर जाने सवारीसाधनको चाप धेरै हुने र त्यसमा ठुला सवारी पनि आउँदा जाम धेरै हुने भएको रोक लगाइएइको विभागले जनाएको छ ।

त्यस्तै यो अवधिमा सबै गाडीको लागि रुट परमिट खुल्ला गरिएको पनि विभागले जानकारी दिएको छ । दशैं लक्षित सडक सुधारका लागि भन्दै अहिले कलंकी–नागढुंगा–नौविसे सडक रातिको समयमा बन्द गरिएको छ । सडक बिभागले असोज २२ गतेसम्म सडकको स्तरोन्नति सकिने जनाएको छ ।

प्रकाशित मिति: Oct 5, 2018

प्रतिक्रिया दिनुहोस्