ट्रकको ठक्करबाट एकको मृत्यु, आक्रोशित स्थानीयद्धारा आगजनी
चितवन : पूर्वी चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।
ना ५ ख ९८६१ नम्बरको ट्रकले नम्बर नखुलेको मोटरसाइकललाई आज दिउँसो ठक्कर दिएको हो । मोटरसाइकलमा सवार गम्भीर घाइतेलाई भने उपचारको लागि भरतपुर ल्याइएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रकलाई आक्रोशित स्थानीयले आगजनी गरेका छन् । पूर्वपश्चिम राजमार्ग अवरुद्ध रहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।