Logo
३ चैत्र २०८१, सोमबार
(October 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यार्थी कुटपिट आरोपमा पक्राउ परेका प्रधानाध्यापकको म्याद थप

नवलपरासी : विद्यार्थी कुटपिट आरोपमा पक्राउ परेका पूर्वी नवलपरासी बुलिङ्टार गाउँपालिकाका स्थित शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पीडितको उजुरी आधारमा गत असोज ११ गते पक्राउ परेका प्रधानाध्यापक श्रेष्ठलाई जिल्ला अदालतबाट म्याद थप गरेको छ । पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक टीकाराम पोखरेलका अनुसार पक्राउ परेका श्रेष्ठको आठ दिनको म्याद थप गरिएको छ । कुटपिट एवं अङ्गभङ्ग गर्ने महलमा श्रेष्ठ विरुद्ध मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

पीडित खुमानका बुबा वीरबहादुर सार्कीले जिल्ला प्रहरी कार्यालयमा गत असोज ५ गते किटानी जाहेरी दिएपछि श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो । गत असोज २ गते कक्षा १० मा अध्ययन गर्ने विद्यार्थी खुमान सार्की नेपालीलाई ढिला आएको भन्दै विद्यालयका प्रधानाध्यापक श्रेष्ठले कुटपिट गर्दा विद्यार्थी सार्कीको कानको जालीमा समस्या देखिएको आरोप श्रेष्ठ माथि लागेको छ । रासस

प्रकाशित मिति: Oct 1, 2018

प्रतिक्रिया दिनुहोस्