Logo
१२ बैशाख २०८१, बुधबार
(September 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनता नै दोषी : आज त्यसकै फल भोग्दैछन्

कुशुम भट्टराई

भारतले नाकाबन्दी गर्दा तेलको कालो बाजारी गरेर कुस्त कमाएका नेकपा भित्रका नन्दीभृँगीहरुले त्यही नाकाबन्दीलाई भजाउँदै नक्कली राष्ट्रबादको नारा उराले । घर-घरमा ग्यासको पाइप जडान गरिदिन्छु भन्ने देशकै नम्बर एक छट्टु गफाडीको भ्रम जालमा परेका नेपालीले ‘झर्ला र खाउँला’ भनेर स्यालले कुरे झैं आकाशबाट फुत्त समृद्धि झर्ला कि भन्ने आशमा तिनैलाई भएरभरको भोट सुम्पे ।

आज जनता त्यसकै फल भोग्दैछन् । खुच्चीङ, दशैंको मुखमा यातायातको भाडा बढाउनु ठिकै भो । करमाथि कर थोपर्नु पनि ठिकै हो । खुच्चीङ…..। म मार्सी चामलको भात हसुर्ने फन्टुस ठगहरुलाई दोष दिन्न, ठगीने मुर्खहरुलाई दोष दिन्छु ।

महाकाली सन्धीदेखि प्रतिगमन आधा सच्चियोसम्मका फटाहाहरु अनि लडाकुको रासनमा घोटाला गर्ने, एनसेलको कर मिनाहा गर्ने र सुडान घोटालामासमेत मिलेमतो गर्ने ‘महान बलीदानी नटवरलाल’हरुलाई चिन्दा चिन्दै, जान्दा जान्दै स्थीर सरकार र समृद्धिको भुलभुलैयामा परेर भोट दिने जनता नै आजको अवस्थाका लागि जिम्मेवार छन् । @फेसबुकबाट

प्रकाशित मिति: Sep 26, 2018

प्रतिक्रिया दिनुहोस्