Logo
५ श्रावण २०८२, आईतबार
(September 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालीमाटी तरकारी बजार : रातो सूचीमा रहेको ९८ मध्ये ५७ वटा स्टलको सम्झौता

काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले थप ५१ वटा स्टलको सम्झौता खारेज गरेको छ । समितिको मंगलबार बसेको बैठकले यो निर्णय गरेको हो । समितिले यसअघि ६ वटा स्टलको सम्झौता खारेज गरेको थियो । यो सँगै समितिले रातो सूचीमा राखेका ९८ मध्ये ५७ वटा स्टलको सम्झौता खारेज गरेको छ ।

आफ्नो नाममा स्टल भाडामा लिएर बढी मूल्यमा अरुलाई भाडामा दिएको गुनासो आउन थालेपछि समितिले उनीहरुसँग स्पष्टिकरण सोधेको थियो । पहिलो चरणमा स्पष्टिकरण सोधिएका मध्ये ६ वटा स्टलले कुनै जवाफ नपठाएपछि भदौ १९ गते समितिको बैठकले असोज १ गतदेखि लागू हुनेगरी ती स्टलको सम्झौता खारेज गरेको थियो ।

कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार रातो सूचीमा परेका स्टलहरु मध्ये २५ वटालाई सफाई, १६ वटालाई सुधार गर्ने सर्त सहित सफाइ दिइएको जानकारी दिए । समितिले बुधबारबाट स्टलहरु हटाउने प्रक्रिया अगाडि बढाउने प्रवक्ता सुवेदीले बताए ।

प्रकाशित मिति: Sep 18, 2018

प्रतिक्रिया दिनुहोस्