Logo
६ चैत्र २०८१, बिहीबार
(September 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपती निर्वाचनका उम्मेदवारमाथि छुरा प्रहार

ब्राजिल : ब्राजिलमा आसन्न राष्ट्रपतीय निर्वाचनका उम्मेदवारमाथि छुरा प्रहार भएको छ । ब्राजिलमा आगामी महिना हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि सबैभन्दा अगाडि देखिएका उम्मेदवार जैर बोल्सोनारो माथि चुनावी र्‍यालीमा छुरी प्रहार भएको छ ।

ब्राजिलको दक्षिण(पूर्वी राज्य मिनास गेराइसमा चुनावी र्‍यालीका बेला भीडमा रहेका उनलाई भीडबाटै कसैले पेटमा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारका कारण उनको आन्द्राको शल्यक्रिया गरिएको र उनको अवस्था अहिले खतरामुक्त रहेको बताइएको छ ।

अर्को महिना हुने निर्वाचनलाई लिएर गरिएको सर्वेक्षणहरुमा उनी अगाडि देखिएका छन् । पूर्व राष्ट्रपति लुला दा सील्भाले आफू माथि लागेको प्रतिबन्ध हटाउन विफल भए बोल्सोनारोले नै चुनाव जित्ने आंकलन गरिएको छ ।

प्रकाशित मिति: Sep 7, 2018

प्रतिक्रिया दिनुहोस्