Logo
७ चैत्र २०८१, शुक्रबार
(September 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भन्सारबाट खटिएका कर्मचारीकै मिलेमतोमा तस्करी

रौतहट : रौतहट सदरमुकाम गौर स्थित सँगठीत तस्करहरुले भारतीय बजार सँग सिमा जोडिएको क्षेत्रमा भन्सारकै मिलेमतोमा तस्करी शुरु गर्नेगरेका छन् । भारतीय सामान रौतहट छिर्ने मुख्य नाका गौर भन्सारबाट कर्मचारीकै मिलेमतोमा केही व्यापारीले राजश्व छल्दै कम मूल्यांकन राखेर प्रज्ञापन पत्र बनाएर सँगठीत रुपमा तस्करी गर्ने गरेका हुन् ।

तस्करहरुले लाखौं रुपैया राजश्व तिर्नु पर्ने ठाँउमा आयातित बस्तुको मूल्यांकन तथा परिमाण न्यून राखेर केही हजार मात्रै राजश्व बुझाएर भन्सार कर्मचारीको मिलेमतोमा दैनिक लाखौं रुपैया बराबरको कपडा, खाद्यान्न तथा मेशिनरी पार्टसको तस्करी शुरु गरेका छन ।

मुख्य भन्सार नाका अगाडिको विद्युतिय पोलमा प्रशासन, भन्सार विभाग तथा गौर भन्सार कार्यालय समेतले निगरानीका लागी सिसिटिभी जडान गरेका छन । तर तस्करीका दृश्य र भन्सार कर्मचारीको बदमासीहरु भने क्यामेराले कैद नै गर्न सकेको छैन ।
“मुख्य प्रवेशद्धार बाटै पिकअप गाडीले तस्करी गर्छ । भन्सारका कर्मचारी मिलेका छन त्यसैले ती सामान समातिदैन ।” श्रोत भन्छन “पाँच लाख राजश्व तिर्नुपर्ने छ भने एक लाख सम्म राजश्व तिर्नुपर्ने गरी मूल्याकंन गरेर कागजपत्र बनाइन्छ । भन्सारका अधिकृत तथा कर्मचारीको मासिक नजराना रकम तोकिएको छ ।”

भन्सार कर्मचारीहरुले कपडाका प्रति पोका तथा कवाडीका प्रत्येक ट्रकको छुट्टा छुट्टै घुस रकम तोकेका छन । भन्सार अधिकृतको मिलेमतोमा दैनिक लाखौंको राजश्व चुहावट हुदा समेत राजश्व कार्यालय तथा भन्सार विभाग मौन बसेको छ ।

कसरी हुन्छ तस्करी ?
जिल्ला भरीमा रहेका व्यापारीक केन्द्रहरुले आफैले भारत बाट सामान मगाएर भन्सार काटेर लग्ने प्रक्रिया गाह्रो, झन्झटिलो र महङ्गो हुने भन्दै बिचौलियाको सहारा लिन्छन । बिचौलिया तस्करहरुले भारत बाट आएको पाँच लाखको सामानको मूल्याङ्कन ६० प्रतिशत भन्दा पनि तल पु¥याएर भन्सार अधिकृतको सेटिङ्गमा सो सामान रौतहटका विभिन्न स्थानमा पु¥याउने प्रज्ञापन पत्र तयार गराउछन । व्यपारीले भारतीय बजारमा एक हजारमा किनेको एउटा साडीको मूल्याङ्कन भन्सारले दुई सय रुपैया भन्दा बढी गर्दैन र सोही मूल्याङ्कन अनुसारको राजश्व लिन्छ ।

यसरी भन्सार कर्मचारीको मिलेमतोमा कागजात तयार भइसकेको पछि एउटै प्रज्ञापनपत्रमा तस्करहरुले पटक पटक गरी दिनभरी सामान ओर्साछन । पाँच पोकाको प्रज्ञापन पत्र बनाएका तस्करले पटक पटक गरी बिस पोका सामान त्यही प्रज्ञापनपत्र देखाएर सुरक्षाकर्मीलाई छल्ने गर्छन । भन्सार अधिकृत विमल साहको मिलेमतोमा गौरका शत्रुघन साह, मनोज साह र कौशल साहले सँगठित रुपमा तस्करी गरि रहेका छन ।

यसरी तस्करले भारतबाट आएको पाँच लाखको सामान कुनै व्यापारीको पसल सम्म सकुशल पु¥याए पछि पाँच लाखको १२ देखी १४ प्रतिशतको रकम उनीहरुले कमिशन लिन्छन । यसरी पाँच लाखको सामानलाई एकलाखको मूल्याङ्कन गराएर राजश्व तिरे पछि व्यापारी, भन्सार कर्मचारी र तस्करले गौर भन्सारलाई लुटिरहेका छन । गौर भन्सार बाट सँगठित रुपमा तिनजना तस्करहरुले भन्सार अधिकृतको मिलेमतोमा तस्करी गरि रहेका छन । राजश्व संकलनमा खटनु पर्ने भन्सार कर्मचारीले नै तस्करहरुलाई सुरक्षाकर्मीबाट जोगिने गरि कागजात बनाएर प्रतिदिन राज्यको लाखौं रुपैंया डुबाइ रहेका छन ।

सदरमुकाम भन्दा पूर्वमा रहेको लक्ष्मीपुर बेलबिछवा र ब्रह्मपुरी बाट सबै भन्दा बढी मदिरा र खाद्यान्न सामग्रीको तस्करी भइरहेको छ । बिहार सरकारले मदिरामा प्रतिबन्ध लगाए पछि तस्करहरुले यो नाका बाट प्रत्येक दिन हजारौ कार्टुन मदिरा भारत पठाइरहेका छन । सदरमुकाम भन्दा पूर्व पट्टि रहेको बेलबिछवा र सो सँगैको ब्रह्मपुरीबाट भारतीय गाँउ आदमबान र मुसाचक सम्म तस्करहरुले मदिरा पु¥याउने गर्दछन । कुनै समय भारतीय कुखुराको चल्ला तस्करीको लागी बदनाम यो ठाँउमा अहिले मदिरा तस्करी निकै फस्टाएको छ ।

यसैगरी रौतहटको पश्चीमी नाका बंकुल बाट कुखुराका चल्ला, खानेतेल, चिनी, दाल, कपडा, मोटर तथा स्पेयर पार्टस तस्करी हुने गरेको छ । सिमावती भारतीय बजार घोडासहन बाट झरोखर पोखरी हुदै नेपाली सिमामा तस्करहरुले सामान भित्राउने गर्दछन । यसरी आएको सामान बंकुल बाट सोनरनिया, शितलपुर बैरगनिया हुदै कटहरीया बजार सम्म पुग्ने गर्दछ । कटहरीया आइपुगेको राजश्व छलेको सामानहरु देशको राजधानि काठमाण्डौं सम्म पुग्ने गर्दछ ।

सिमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलले चोरी निकासीमा कडाइ तथा निगरानी बढाए पछि भन्सार कार्यालय बाटै कागजपत्र मिलाएर सुरक्षाकर्मीको आँखा छल्ने काम शुरु भएको हो । “हामीले सिमामा रहेका प्रत्येक यूनिटलाई चोरी निकासी रोक्न परिचालन गरेका छौं । भन्सार छलेर, राजश्व चुहावट हुने कुनै काम गर्नेलाई हामी कारवाही गर्छौं ।” सिमा सुरक्षा कार्यालय रौतहटका सशस्त्र प्रहरी उपरिक्षक कृष्ण ढकालले भने “कुनै क्षेत्रबाट तस्करी भए गरेको भेटिएमा सम्बन्धीत यूनिटलाई नै कारवाही गर्छौ । तस्करीलाई पूर्णरुपमा बन्देज लगाउन हामी प्रतिबद्ध सोही अनुरुप हामीले विभिन्न स्थानमा चेकजाँच समेत गर्ने गरेका छौं ।”

प्रकाशित मिति: Sep 6, 2018

प्रतिक्रिया दिनुहोस्