Logo
३ चैत्र २०८१, सोमबार
(September 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गजुरी बजारबाट लागूऔषधसहित दुई जना पक्राउ

धादिङ : प्रतिबन्धित लागूऔषध बोकेर बिक्रीका लागि हिँडिरहेको अवस्थामा प्रहरीले गजुरी गाउँपालिका–१ गजुरी बजारबाट बुधबार राति दुई जनालाई पक्राउ गरेको छ ।

लागूऔषध ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाका ४० वर्षीय सुवास जिसी र सोही नगरपालिका–२ का ३३ वर्षीय रमेश गुरुङलाई पक्राउ गरी हिरासतमा लिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताए ।

उनीहरूका साथबाट १०० एमएलको कोरेक्स १८ बोतल र निट्राभाट ट्याबलेट ५१ थानसमेत बरामद गरी अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति: Sep 6, 2018

प्रतिक्रिया दिनुहोस्