Logo
६ चैत्र २०८१, बिहीबार
(September 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तम सञ्जलेको विहे : ३ सयको भयो प्रचार तर रहस्य अर्कै

काठमाण्डौ : सोमवार दिनभरी एउटा विहेले चर्चा पायो । शिक्षा अभियन्ता उत्तम सञ्जेलले ३ सय रुपैयाँमा विहे गरेको समाचारप्रति सबैको अकर्षण बढ्यो । सञ्जेलको विहे गर्ने शैलीको सबैले प्रशंसा गरे । तर बेलुकीपख विहेले मोड लियो ।

४१ वर्षको उमेर वैवाहिक बन्धनमा बाँधिएका सञ्जेलले ३ सय रुपैयामा विहे गरेकोप्रचार गरे । विहे सकिएको भन्दै आएका पाहुनालाई घर पठाए । त्यसपछि बल्ल उनको वास्तविक विहे सुरु भयो । पशुपति क्षेत्रको गुहेश्वरीमा विवाह समारोहमा व्यवसायी उपेन्द्र महतो, कलाकारद्धय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यका साथै वरिष्ठ पत्रकारहरु उपस्थित थिए ।

उनीहरुलगायतका पाहुना फर्किएपछि उनी जग्गेमा बसे । पाहुनाको अघि जग्गे नै नदेखाएका सञ्जेलले अरुको अगाडि टिसर्ट, पाइन्ट र चप्पलमा देखिएका थिए । उनकी दुलही कला अधिकारीले पनि कुर्था सुरुवाल लगाएकी थिइन् । सञ्जेलले २०० सय रुपैयाँको माला, ७५ रुपैयाँको पोते र २५ रुपैयाँको सिन्दुर किनेको भन्दै ३०० रुपैयाँमा बिहे गरेको सबैलाई बताए ।

तर, साँझपख बिहेको एउटा तस्वीर सार्वजनिक भयो । जसमा सञ्जेल र कला जग्गेमा बसेका छन् । दुलाहा, दुहलीले अर्को माला लगाएका छन्, होम हालिएको छ । छेउमा लिंगो ठड्याइएको छ । पुरोहित पनि छन् । ३०० रुपैयाँमा सकिएको भनिएको बिहेको अर्को दृश्य हेर्दा कुनै पनि हालतमा ३ सय रुपैयामा विहे सकिदैन । यद्यपी उनको विहे अरुको भन्दा फरक र उदाहरणीय भने थियो नै ।

प्रकाशित मिति: Sep 4, 2018

प्रतिक्रिया दिनुहोस्