Logo
६ चैत्र २०८१, बिहीबार
(September 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय सरकार अन्तरगतका कार्यालयमा प्रदेशका गृहमन्त्री आफैं बसे धर्ना

काठमाडौं : प्रदेश सरकारले दिएको सार्वजनिक विदा अवज्ञा गरेको भन्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव आफैं राष्ट्र बैंकको जनकपुर कार्यालयमा धर्ना बसेका छन् । मन्त्रीसहितको टोली कार्यालयको मुलगेटमा धर्ना बसेका हुन् ।

यता, जनकपुर स्थित नेपाल राष्ट्र बैंक परिसरभित्र पसेर तोडफोड गर्न खोज्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश २ सरकारको विदालाई अटेरी गरेको भन्दै बैंक भित्र पसेर हुलहुज्जत गर्ने क्रममा आइतवार दिउसो १ बजे उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको धनुषाका प्रहरी उपरिक्षक गोबिन्द थपालियाले जानकारी दिएका छन् । संघीय सरकार मातहत रहेको नेपाल राष्ट्र बैंक प्रदेश सरकारले दिएको विदा मान्ने गरेको छैन् ।

यसअघि भदौ १० गते जनैपुर्णिमा तथा रक्षाबन्धनको उपलक्ष्यमा प्रदेश सरकारले दिएको सार्वजनिक विदा राष्ट्र बैंकाकले पालना नगरेपछि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव स्वयंले तालाबन्दी गरिदिएका थिए ।

प्रकाशित मिति: Sep 2, 2018

प्रतिक्रिया दिनुहोस्