Logo
७ चैत्र २०८१, शुक्रबार
(August 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्मला बलात्कार र हत्या प्रकरण : रोशनीले गरिन् आरोप इन्कार

कञ्चनपुर : १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरी थुनामा रहेकी उनकी साथी रोशनी बमले आरोप इन्कार गरेकी छन् । थुनामा राखेर थप अनुसन्धान गर्न अदालतबाट म्याद थप गर्न लैजानुअघि जिल्ला सरकारी कार्यालयमा उनीसँग लिइएको बयानका क्रममा रोशनीले आरोप इन्कार गरेकी हुन् ।

सरकारी वकिल कार्यालयमा जिल्ला न्यायाधिवक्ता समेतको उपस्थितिमा उनको बयान लैजाँदा उनले आफू र दिदीमाथि लगाइएको सबै आरोप इन्कार गरेको स्रोतले जनाएको छ । तपाईंहरूमाथि त यस्तो आरोप लागेको छ नि रु भनी सोधिएको प्रश्नमा रोशनीले आफूहरूमाथि लागेका सबै आरोप इन्कार गर्दै घटनामा दुवै दिदीबहिनीको कुनै संलग्नता नरहेको बताएकी छन् ।

 

प्रकाशित मिति: Aug 31, 2018

प्रतिक्रिया दिनुहोस्