बिमस्टेक सम्मेलन: यी हुन् जोरबिजोर लागू नहुने सवारीसाधन
काठमाडौं : भदौं १२ – भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक शिखर सम्मेलनका कारण बुधवारदेखि तीन दिन काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोर–विजोर प्रणाली लागू हुँदैछ । अत्यावश्यक सेवा र सञ्चार गृहको सवारीसाधनमा जोरविजोर लाग्ने छैन् ।
अत्यावश्यक सवारीसाधनमा एम्बुलेन्स, दमकल, अस्पताल, सञ्चार, पर्यटक बोकेका सवारीसाधन राखिएको छ । १३ र १५ गते बिजोर नम्बर (नम्बरको अन्तिम अंक १, ३, ५, ७ र ९) भएका सवारीसाधन चल्न पाउनेछन् भने १४ गते जोर नम्बर (नम्बरको अन्तिम अंक ०, २, ४, ६, ८) भएका सवारीसाधन मात्रै सडकमा निस्कन पाउनेछन् ।
राति १० बजेदेखि बिहान ६ बजेसम्म भने जोरविजोर सबै सवारी साधन सञ्चालन हुन पाउनेछन् । सुरक्षा महाशाखाको बैठकले उपत्यकाका सबै शैक्षिक संस्थाहरुमा भदौ १४ र १५ गते बिदा दिने निर्णय समेत गरेको छ ।