Logo
३ चैत्र २०८१, सोमबार
(August 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्रामीण क्षेत्रका पत्रकारका समस्या समाधानका लागि पहल

मोरङ : प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले ग्रामीण क्षेत्रका पत्रकारका समस्या समाधानका लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने बताएका छन् ।

गृहनगर मोरङको उर्लाबारीमा सञ्चार क्लब नेपाल, उर्लाबारीले आयोजना गरेको छलफलमा ग्रामीण क्षेत्रको पत्रकारिताको अवस्था तथा समस्याका बारेमा जानकारी लिँदै उपसभामुखले पत्रकारको क्षमता अभिवृद्धिका लागि पनि आफूले प्रयास गर्ने आश्वासन दिए ।

नेपाल पत्रकार महासङ्घ मोरङका पूर्वसहसचिव मोहन भट्टराई, अग्रज पत्रकार दुर्गाप्रसाद भट्टराई, पत्रकार जगन्नाथ भट्टराई, केदार चौहान, भूपेन्द्र तिम्सिना, मिलन के राउत, घनश्याम भण्डारी लगायतले पूर्वी मोरङका पत्रकार तथा सञ्चारमाध्यमको अवस्थाका बारेमा उपसभामुखलाई अवगत गराएका थिए ।

उनहरुले पत्रपत्रिकाको वर्गीकरण, विज्ञापन, पत्रकारको क्षमता विकासका लागि तालीम लगायत विषयमा पनि उनलाई जानकारी दिएका थिए । क्लबका अध्यक्ष सरोज बस्नेतले संस्थाको उर्लाबारीको भवन निर्माणका लागि आवश्यक पहल गरिदिन उपसभामुख तुम्बाहाम्फेलाई आग्रह गरेका थिए ।(रासस)

प्रकाशित मिति: Aug 28, 2018

प्रतिक्रिया दिनुहोस्